काठमाडौं । नेपालमा वस्तु आयत तथा निर्यात दुबै घटेको छ । चालू आर्थिक वर्षको १० महिना अवधीमा वस्तु आयत ३२ अर्ब र वस्तु निर्यात ४ अर्बले घटेको छ ।
भन्सार विभागको अनुसार बैशाख महिना सम्ममा वस्तु आयत १३ खर्ब ३ अर्ब रुपैयाँ बराबरको आयत भएको छ । गतवर्षको यहि अवधीको तुलनामा ३२ अर्बले कमी आएको हो । त्यस्तै गरि वस्तु निर्यात समेत घटेको छ । १० महिनामा १ खर्ब २६ अर्ब रुपैयाँको मात्रै वस्तु निर्यात भएको हो । गत वर्ष भन्दा ४ अर्बले कमी आएको हो ।
१० महिना अवधीमा ११ खर्ब ७७ अर्ब रुपैयाँ बराबरको व्यपार घाटा रहेको छ ।