विद्युतीय गाडीको भन्सार महसुल नबढ्ने संकेत, पौडेलको प्रतिवेदन फ्याँकियो

काठमाडौं । विद्युतीय गाडीको बिक्रि पछिल्लो समय नेपालमा बढिरहेको छ । विद्युतीय गाडीलाई समेत प्रोत्साहन नेपाल सरकारले गर्दै आएको छ ।

पेट्रोलियम गाडीको तुलनामा विद्युतीय गाडीको भन्सार दर कम रहेको छ । विश्व बजारमा विद्युतीय गाडीको मूल्य धेरै रहे पनि भन्सार दरको कारण नेपालमा विद्युतीय गाडी र पेट्रोलियम गाडीको मूल्य उस्तैे छ ।

गत तीन चार वर्षदेखि प्यासेन्जर भेइकलमा आकर्षण देखिए पनि अहिले भने कर्मसियल भइकलनमा समेत विद्युतीय गाडीको प्रयोग नेपालमा बढ्न थालेका छन् । ट्याक्सी तथा माइक्रो जस्ता भेइलकको खरिद नेपालमा निकै बढ्न थालेको छ । त्यस्तै गरि विद्युतीय कारहरुको नयाँ नयाँ मोडल नेपालमा भित्रिरहेको अवस्थामा यसको नै आकर्षण बढिरहेको छ ।

तर भन्सार महसुल कम रहेको कारण राजस्व बढ्न नसकको आँकलन छ । यस अघिका भन्सार विभागका महानिर्देशक शोभकान्त पौडेलले विद्युतीय गाडीको भन्सार वृद्धि गरेको खण्डमा मात्रै नेपालको राजस्व सुधार हुने बताएका थिए । उनले त्यस समयमा एक प्रतिवेदन नै तयार गरि अहिले राजस्व बढ्न नसक्नेको मुख्य कारण गाडीबाट कम राजस्व संकलन भएको उल्लेख गरिएको थियो ।

त्यस प्रतिवेदनलाई लिएर निर्वतमान अर्थमन्त्री प्रकाशशरण महतले समेत विद्युतीय गाडीको भन्सार पुनरावलोकन हुने बताएका थिए । तर अहिलेको अर्थमन्त्री भने ठिक विपरित धारबाट बोलिरहेका छन् । उनले हरेक कार्यक्रम कुनै घरनालाई राहात पुग्ने गरि यस अघिको सरकारले राजस्व परिवर्तन गर्न खोजेको बताउँदै आएका छन् । उनको आशय पेट्रोलियम गाडी बिक्रि गर्नेहरुलाई पूर्व अर्थमन्त्रालयले राहत दिन खोजेको तर आफू त्यसबाटोबाट नहिड्ने बताउँदै आएका छन् ।

उनी विद्युतीय गाडीको कर नबढाउने पक्षमा देखिएका छन् ।

पौडेलको प्रतिवेदन फालियो
यस अघिका भन्सार विभागका महानिर्देशक शोभकान्त पौडेलले विद्युतीय गाडीको भन्सार दर बढाउनको लागि भन्दै दिएको प्रतिवेदन अहिलेको अर्थमन्त्रीले फलिदिएका छन् । उनले नेपालमा विद्युत उत्पादन बढिरहेको अवस्थामा विद्युतिय गाडीकै कर राष्ट्र घाती भएको भन्दै कर्मचारीहरुलाई बताउँदै आएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स