निक्षेप तथा कर्जा सुरक्षण कोषमा सीइओ पदमा आवेदन माग

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषमा रिक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि आवेदन माग गरिएको छ । अर्थमन्त्रालयले निक्षेप तथा कर्जा सुरक्षण कोषमा रिक्त सीइओ पदमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न कार्तिक ११ गते प्रस्ताव माग गरेको छ ।

योग्यता भएका इच्छुक नेपाली नागरिकहरुले कार्तिक २५ गते भित्र अर्थ मन्त्रालयको वित्तीय क्षे व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौंमा गोप्य सिलबन्दी आवेदन दिनुपर्ने छ ।

सीइओका लागि आवेदन दिनेले मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वाणिज्यशास्त्र, व्यवस्थापन, वाणिज्य कानून, लेखा, बैंकिङ वा बीमा विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी वा चार्टर्ड एकाउन्टेन्ट उपाधी हासिल गरी आर्थिक, बैंकिङ, बीमा वा वित्तीय क्षेत्रमा कम्तिमा अधिकृत द्वितीय श्रेणी वा सो सरहको पदमा कम्तिमा ५ वर्षभन्दा बढीको कार्य अनुभव भएको हुनु पर्नेछ ।

साथै, ३० वर्ष पुरा भई ६० वर्ष ननाघेकाले सीइओ पदमा आवेदन दिन सक्छन् ।

यसअघि निक्षेप तथा कर्जा सुरक्षण कोषका सीइओमा विष्णुबाबु मिश्र रहेका थिए । मिश्र २०४८ सालमा प्रधान सहायक पदबाट तत्कालिन कर्जा सुरक्षण निगमा प्रवेदश गरेका थिए । तीन दशक लामो यात्र पछि उनी त असोज २६ गतेबाट निवृत्त भएका हुन् ।

मन्त्रिपरिषद्ले निक्षेप तथा कर्जा सुरक्षण कोषको निमित्त सीइओमा उषा पौडेललाई नियुक्त गरेको छ । पौडल कोषमा यस अघि नायव प्रमुख कार्यकारी अधिकृत थिइन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स