काठमाडौं । अनलाइबाटै व्यवसायीक फर्म दर्ता प्रणालीको विकास गर्न लागिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १ करोड ५ लदाख रुपैयाँ खर्चिएर नयाँ प्रणाली विकास गर्न लागेको हो ।
विभागका अनुसार एकिकृत रजिष्ट्रेशन सिष्टम संचालन सफ्टवेश खरिदको काम सुरु भैसकको छ । यस प्रणाली विकास भए पछि अनलाईन प्रणालीबाट दर्ता गरिने अनुगमन लगायतका काममा समेत सहजीकरण हुने विश्वास छ ।
उक्त सिष्टम विकासको लागि भने अर्थमन्त्रलयले ५५ लाख रुपैयाँ थप निकाशा गरेको हो । त्यस्तै गरि वणिज्य विभागले आफ्नो आन्तरिक स्रोतबाट ५० लाख रुपैयाँ खर्च गर्न लागेको हो ।