सकियो बजेट मस्यौदा लेखन, कार्यक्रम थप गर्न दवाव

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१ /८२ को बजेटको मस्यौदा लेखन सकिएको छ । अर्थमन्त्रालयले मस्यौदा लेखन अन्तिम रुप दिइ थपघट गनर्पुपर्ने कार्यक्रममा आन्तरिक छलफल जारी राखेको छ । अर्थ मन्त्रालका सहससचिव धनीराम शर्माको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन भएको थियो । उक्त समितिले मस्यौदा लेखनलाई अन्तिम रुप दिएको हो ।

मन्त्रालयले तयार पारेको बजेट निर्माण कार्य योजना अनुसार मस्यौदाको पहिलो चरणको लेखन सकिएको समितिका एक अधिकारी बताउँछन् । उनी भन्छन्, ‘बजेट वार्षिक सरकारको कार्यक्रम हो त्यसकारणले सरकारको नेतृत्व गर्ने सँग पनि छलफल हुनुपर्छ, अहिले प्रधानमन्त्री समक्ष अर्थमन्त्रीले समावेश भएका कार्यक्रमबारे ब्रिफिङ गरिरहेका छन् ।’

मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआइएस) मा विषयगत मन्त्रालयमार्फत बजेट प्राप्त भएन अनुसार मस्यौदा तयार भएको छ । यो वर्ष जुन निकाय तथा मन्त्रालयलाई राष्ट्रिय योजना आयोगबाट जति सिलिङ प्रदान भएको थियो । त्यसमा आकार नबढ्ने गरि मात्रै एलएमबीआइएसमा इन्ट्री दिइएको थियो । वर्षमान पुन अर्थमन्त्री भएर आउने वित्तिकै उनले बजेट निर्माण समिति गठन गरेका थिए । बैशाख १६ र १७ गते अन्तराष्ट्रिय लगानी सम्मेलन भएकोले बजेट तयारीमा भने केहि ढिलाई भएको थियो ।

तर समितिले डेडिकेट काम गरेकोले समयमै मस्यौदा लेखन कार्य सक्याएको छ । मस्यौदा लेखन सकिए पनि अहिले केहि कार्यक्रम थप गर्न भने दबाव अर्थमन्त्री र मन्त्रालयलाई आएको छ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको लागि १८ खर्ब रुपैयाँको सिलिङ प्रदान गरेको छ । त्यसमा १ खर्ब बढाउने गरि कार्यक्रम थप गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट दबाव आएको छ ।

बजेट सार्वजनिक गर्ने प्रक्रिया केके हुन्छ ?
अर्थमन्त्रालयले अहिले तयार गरेको बजेट कार्यक्रमको मस्यौदा मात्रै हो । बजेटसँग सम्बन्धीत ४ वटा विधयेक हुन्छ । यो विनियोजन विधयेक हो । अब करका दरसँग सम्बन्धी आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक पनि तयार गर्नुपर्ने हुन्छ । आर्थिक विधेयक भन्दा बाहेक अन्य दुई विधेयक भने विनियोजन विधेयकसँग नै सम्बन्धीत हुने भएकोले धरै महत्वमा पर्दैन ।

आर्थिक विधेयकमा अर्थमन्त्रालयले छलफल गरे पनि अहिलेसम्म काम भने सुरु गरेको छैन । राजस्व परामर्श समितिबाट प्राप्त सुझावमाथि निकायगत छलफल गरी प्रतिवेदन तयार पारिसकेको छ । बजेट सार्वजनिक गर्नु एक दुई दिन अघि मात्रै आर्थिक विधेयकलाई अन्तिम रुप दिइने मन्त्रालयले जनाएको छ ।

बजेटको मस्यौदा लेखनलाई सकिए पनि जेठ १० गते भित्रको समय राखेर व्ययको अनुमान र खर्च शीर्षकगत अनुमानको अन्तिम मस्यौदा तयार पार्ने कार्ययोजना रहेको छ । त्यसको दुई दिनपछि खर्च र शीर्षकगत अनुमानको किताब छपाइ गर्ने, त्यसपछि बजेट वक्तव्य, आर्थिक र विनियोजन विद्येयकलाई अन्तिम रुपदिने गरि अर्थमन्त्रालयले काम गरिरहेको छ । अर्थमन्त्रालयले सार्वजनिक संस्थाहरुको प्रगति विवरण, आर्थिक सर्वेक्षण छपाइको काम समेत बजेट सार्वजनिक गर्नु अघि सक्याउनुपर्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स