विदेशी विनिमय सञ्चिति १९ खर्ब ११ अर्ब, १५ महिनाको वस्तु आयात धान्ने

काठमाडौं । विसं २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २४.२ प्रतिशतले वृद्धि भई गत चैत मसान्त सम्ममा १९ खर्ब ११ अर्ब ८६ करोड पुगेको छ ।

चालु आर्थिक वर्षको नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५ महिनाको वस्तु आयात र १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० चैत मसान्तमा २२.७ प्रतिशतले वृद्धि भई १ अर्ब ३६ करोड पुगेको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेको छ भने २०८० चैत मसान्तमा २५.४ प्रतिशतले वृद्धि भएर १६ खर्ब ८८ अर्ब २१ करोड रुपैयाँ पुगेको छ।

यसैगरी, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा २०८० चैत मसान्तमा १५.५ प्रतिशतले वृद्धि भएर २ खर्ब २३ अर्ब ६५ करोड रुपैयाँ कायम भएको छ।

उक्त अवधिसम्ममा कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश चाहिं २१.६ प्रतिशत छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स