नेपालीको क्रयशक्ति र जीडीपी खासै सुधार देखिएन, यस्तो छ सूचकांक

काठमाडौं । पछिल्लो ५ वर्षमा नेपालीको प्रतिव्यक्ति जीडीपी घट्दै गएको छ भने प्रतिव्यक्ति क्रयशक्ति झिनो अंकले बढ्दै गएको छ । ५ वर्षमा नेपालीको क्रयशक्ति ३६.२३ प्रतिशतले वृद्धि भएको छ भने प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन ३६.२३ प्रतिशतले मात्रै बढेको छ । प्रतिव्यक्ति आय भने यो अवधिमा ३६.७३ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ को बीचमा नेपाली प्रतिव्यक्ति खर्चयोग्य आय (जीएनडीआई) बढेर २ लाख ९ हजार ७९५ पुगेको छ । आर्थिक वर्ष २०७६/७७ मा नेपालीको प्रतिव्यक्ति खर्च गर्ने आय १ लाख ५४ हजार ३४७ रुपैयाँ थियो ।

प्रचलित मूल्यमा आव २०७७/७१ मा १ लाख २ हजार ९९३ रुपैयाँ हरेको रहेको नेपालीको प्रतिव्यक्ति खर्चयोग्य आय आव २०८०/८१ मा बढेर १ लाख १७ हवा १३५ रुपैयाँ रहेको कन्द्रीय तथ्यांक कार्यालयले अनुमान गरेको छ । सो अवधिमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा जीएनडीआई केहि बढी भएकाले नेपालीको खर्चयोग्य आय (क्रयशक्ति) पनि झिनो बढेको तथ्यांकले देखाएको छ । नेपालले प्राप्त गर्ने विदेशी सहयोग र वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रेमिट्यान्स (विप्रेषण) पनि बीचका वर्षमा खासै बढ्न सकेन । सोही कारण नेपालीको खर्चयोग्य आय पनि केहिमात्रै बढेको हो ।

समीक्षा अवधिमा नेपालीको प्रतिव्यक्ति खर्चयोग्य आय औसतमा वार्षिक ७.५२ प्रतिशतका दरले बढेको छ । यो अवधिमा नेपालीको प्रतिव्यक्ति औसत कुल गार्हस्थ्य उत्पादन ७.२५ प्रतिशतलेमात्रै बढेको छ । प्रतिव्यक्ति खर्चयोग्य आयभन्दा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (पीजीडीपी)कम देखिएको छ । नेपालीको प्रतिव्यक्ति आय र जीएनडीआई प्रतिव्यक्ति जीडीपीभन्दा केहि माथि देखिएको छ ।

पछिल्लो यसको अर्थ नेपालीको जीडीपीमा खाखै परिवर्तन हुन सकेको छैन भने यसको असर जीएनआई र जीडीपीमा पनि परेको छ भन्ने हो ।

पछिल्लो ५ वर्षमा नेपालीको जीएनडीआई ऋणात्मक अवस्थाबाट क्रमशः बढ्दै गएको छ । आव २०७६÷७७ मा नेपाली जीएनडीआई ०.४४ प्रतिशत ऋणात्मक रहेकोमा त्यसको पछिल्ल्लो वर्ष आव २०७७/७८ मा ९.७८ प्रतिशतले जीएनडीआई वृद्धि भएको छ भने आव २०७८/७९ मा ११.३९ प्रतिशत, आव २०७९/८० मा ९.३८ प्रतिशत र आव २०८०/८१ मा ७.४९ प्रतिशत जीएनडीआई रहेको छ ।

त्यसरी नै समीक्षा अवधिको पहिलो आवमा ०.१५ ऋणात्मक रहेको नेपालीको प्रतिव्यक्ति जीडीपी क्रमशः वृद्धि हुँदै १०.५१ प्रतिशत, १३.३० प्रतिशत, ६.४९ प्रतिशत, ५.६५ प्रतिशत रहेको छ ।

त्यस्तै आव २०७६/७७ शुन्य रहेको नेपालीको प्रतिव्यक्ति आय (जीएनआई) १०.२० प्रतिशत, १३.३५ प्रतिशत, ७.११ प्रतिशत र ६.०७ प्रथितशथले वृचि भएको छ ।

यसरी हेर्दा पछिल्लो ५ वर्षमा केहि यी सूचकहरू राम्रा देखिएका छन् भने कुनै वर्ष यसको तथ्यांकको चार्ट घट्दै गएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स