काठमाडौं । तोयम रायाले संसदीय समितिमा ६ वर्षको कार्ययोजना प्रस्तुत गरेका छन् । ६ वर्षको कार्ययोजना प्रस्तुत गर्दै उनले संसदीय समितिमा भने ‘लेखापरीक्षणमा एआई प्रविधिकोे प्रयोग गर्नुपर्छ ।’
लेखापरीक्षणमा एआई प्रविधिको प्रयोग गर्नुपर्ने प्रस्तावित महालेखापरीक्षक तोयम रायाले समितिमा बताएका हुन् । संसदीय समितिमा सुनुवाइको क्रममा आफ्नो भनाइ राख्दै रायाले लेखापरीक्षणमा उच्च प्रविधि प्रयोग गर्ने बताएका हुन् । महालेखापरीक्षक कार्यालयमा लामो समयसम्म एकै कर्मचारी हुने भएकाले त्यसको उपयुक्त प्रयोग गर्ने रायाले बताए ।
पुरानो तरिकाको लेखापरीक्षणबाट अब काम नहुने भन्दै फेसलेस लेखापरीक्षणमा जानु पर्ने रायाको तर्क रहेको छ । आफू महालेखापरीक्षक बने संस्थागत जटिलता निर्मूल गर्ने, कर्मचारीहरुको मनोबल बढाउने र लेखापरीक्षणलाई गुणस्तरीय र नतिजामुखी बनाउने योजना रहेको उनको भनाइ छ ।
हाल रायामाथि संसदीय समितिमा संसदहरूले छलफल गरिरहेका छन् । रायाको नियुक्ति सिफारिस माथि संसदीय समितिमा एउटा प्रेस विज्ञप्ति र अर्को बेनामे उजुरी परेको छ ।