सुनजस्तै अर्को महँगो धातु प्यालेडियमः के मा प्रयोग हुन्छ ?

काठमाडौं । हामीले चिन्दै आएको महँगो धातु सुन हो । सुनपछि प्लाटिनम । पछिल्लो समय यहि रेन्चमा अर्को धातु पनि देखिएको छ । त्यो धातुको नाम हो प्यालेडियम । सायद धेरैलाई थाहा छैन होला सुनजस्तै महँगो अन्य धातु हुन्छ होला भनेर ।

थाहा भएपनि यसको प्रयोग के मा हुन्छ र कति मूल्य पर्छ भनेर भने जानकारी नहुन सक्छ । विश्व बजारमा एकछत्र राज गरेको बहुमूल्य धातुको रुपमा चिनिएको धातु सुन हो । केही वर्ष अघि प्लाटिनमको ठूलो चर्चा भयो । सुनभन्दा महँगो थियो । तर, अहिले त्यसको स्थान प्यालेडियमले लिएको छ ।

पछिल्लो समय विश्व बजारमा प्रतिऔंस सुन १८ सय अमेरिकी डलरमा पाइन्छ भने प्यालेडियम प्रतिऔंसको २ हजार ५९ रुपैयाँ पर्छ ।

साइन्स एण्ड टेक्नोलोजी र इलेक्ट्रिक सामानमा प्यालेडियमको प्रयोग हुन थालेपछि यो धातु सुनभन्दा मह्गो भएको हो । करिब एक दशअघिसम्म प्रतिऔंस प्यालेडियमको मूल्य २५० अमेरिकी डलरमात्रै थियो । केही वर्ष यता यसको मूल्य आँकासिएको छ । मूल्य आँकासिनुको ठोस कारण भनेको बजारको डिमाण्ड नै हो ।

विश्व बजारमा यसको प्रयोग बढ्न थालेपछि माग पनि बढ्यो र बढ्दो मागले मूल्य बढाएको नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ सदस्य तेजरत्न शाक्यले बताए । ‘पहिला नगन्य मूल्यमा पाइने प्यालेडियमको अहिले मूल्य आँकासिएको छ,’ उनले भने ‘यो धातु चाँदी वर्गमा पर्ने धातु हो । चाँदीसँग यसको धेरे गुण मिल्छ ।’

के हो प्यालेडियम ?
प्लाटिनमको समूहमा पर्ने यो एकप्रकारको चम्किलो सेतो धातु हो । यो रुस र दक्षिण अफ्रिकामा बढी पाइन्छ । प्लाटिनम र निकल खानी उत्खनन् गर्दा पलेडियम आउँछ । यो धातुबाट क्याटालिटिक कन्भर्टर निकाल्न सहज हुन्छ

के मा प्रयोग हुन्छ ?
यो धातु पेट्रोल गाडीको धुवाँ नियन्त्रण गर्ने क्याटालिटिक कन्भर्टरमा बढी प्रयोग हुन्छ । यसका साथै पछिल्लो समय साइन र टेक्नोलोजीमा पनि यो धातु प्रयोग हुने गरेको छ ।

उत्पादित ८० प्रतिशत प्यालेडियमको गाडीबाट निस्कने कार्बन मोनोअक्साइड र नाइट्रोजन डाइअक्साइडजस्ता हानिकारक ग्याँसलाई कम हानिकारक नाइट्रोजन, कार्बन डाइअक्साइड र बाफ बनाउने त्यही उपकरणमा प्रयोग हुन्छ ।
थोरै मात्रामा यसको प्रयोग विद्युतीय उपकरण, दन्तचिकित्सा र गहनामा पनि हुन्छ । यसको मूल्य बढेपछि विश्वभर गाडीबाट क्याटालिटिक कन्भर्टर चोरिने क्रम बढेको छ ।

किन बढिरहेको छ यसको मूल्य ?
यसको मुख्य कारण प्यालेडियमको माग यसको आपूर्तिभन्दा बढी भएर हो । प्लाटिनम र निकलको खानीबाट निस्कने भएकोले यसको उत्पादन बढाउन पनि खानीहरूलाई सहज छैन ।

संसारभर गाडीको वायु प्रदुषण नियन्त्रण गर्ने प्रयास बढेका कारण गाडी निर्माताहरूले यसको माग ह्वात्तै बढाएका छन् । यूरोपमा पनि धेरै प्लाटिनम प्रयोग हुने डिजेल गाडीको स्थानमा पेट्रोल गाडी किन्न थालेका छन् ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स