६० लाख लगानीकर्ताको हित हुने गरी सेयर बजारमा नीतिगत सुधार गर्छुः अर्थमन्त्री पुन

काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले सेयर बजारका ६० लाख लगानीकर्ताहरूको हित गर्ने गरी नीतिगत सुधार गर्ने बताएका छन् । मनोबल उच्च बनाउन आफ्नो भूमिका रहने बताएका छन् ।

अर्थमन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री पुनले पुँजी  बजारका ६० लाख लगानी कर्ताहरुको हित रक्षा र मनोबल बढाउन नितिगत सुधार गर्दै जाने बताए ।

‘सेयर बजारमा उतारचढाव भैरहन्छ । यसमा ६० लाख लगानीकर्ता जोडिएका छन् । उनीहरुको हित रक्षा र मनोबल बढाउन नीतिगत सुधारको बाटोमा लैजाने हुँ’, मन्त्री पुनले भने । सेयर बजारको सुधारका लागि संरचनात्मक सुधार गर्ने पनि उनले बताए ।

साथै मन्त्री पुनले सेयर बजारका साथै घरजग्गाको कारोबारलाई समेत चलायमान बनाउने बताए । ‘घरजग्गाको कारोबार पनि अब विस्तारै बढ्छ’, उनले भने ‘सेयर बजारले पनि गति लिन्छ ।’

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स