काठमाडौं । नव नियुक्त अर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्रीको कार्यभार सम्हालेका छन् । आज साँझ राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि सिंहदरवारस्थित अर्थ मन्त्रालयमा पुनले पदभार ग्रहण गरेका हुन् ।
अर्थमन्त्रीको पदभार ग्रहण गर्दै देशमा उत्पन्न आर्थिक संकट समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । पदभार ग्रहण गर्दै नव नियुक्त अर्थमन्त्र िपुनले आर्थिक क्षेत्रको सुधारको लागि काम गर्ने बताएका छन् । ‘अर्थतन्त्र अरुले भने जस्तो सुधार्नै नसक्ने गरि बिग्रिएको छैन’, उनले भने ‘यसलाई सुधार गर्न सकिन्छ ।’
‘सजिलो छैन, मलाई थाहा छ, सन् २००८ लगत्तै अर्थमन्त्री हुँदा विश्वव्यापी आर्थिक मन्दीको अवस्थामा पनि सकुशल नेतृत्व गरेको हुँ । त्यो अनुभव, शिक्षा र आजको प्राथमिकताका साथ काम गरेर अर्थतन्त्रमा आशा जगाउनेछु’ अर्थमन्त्री पुनले भने ।
अर्थमन्त्री पुनले जनताको भोकलाई बुझेर, सरकारको प्राथमिकता, प्रधानमन्त्रीको दिशानिर्देशको आधारमा अर्थमन्त्रालयको बिज्ञ टिमको सहयोगमा काम गर्नेछु ।
अर्थमन्त्री पुनले भने, “असाध्यै जिम्मेवार महसुस गरेको छु । पहिलो पटक अर्थमन्त्री हुँदा गुरिल्ला अर्थमन्त्री भन्थे । धेरै मानिसहरुले २।३ महिनासम्म अर्थमन्त्रीको रुपमा मलाई पत्याएनन् । त्यसबेला धेरै कुराहरु सिक्नेकुराहरु पनि मिल्यो ।’
आफू पहिलो पटक अर्थमन्त्री बन्दा पनि अर्थतन्त्र संकटमा रहेको भन्दै अहिले पनि आफू उस्तै अवस्थामा मन्त्री बनेको उनले बताए । यसबीचमा विकासे मन्त्रालयमा बसेर पनि काम गरेको मेरो अनुभवले अर्थतन्त्र सुधार गर्न सक्ने बताए ।
सहकारी र लघुवित्तसँगै वित्तीय क्षेत्रमा आएका समस्या तत्काल समाधान गर्न पहल गरिनेछ । यसका लागि सम्बन्धित मन्त्रालय र मातहतका निकायसँग पर्याप्त सहजीकरण गरिनेछ । राजस्व संकलन र पुँजीगत खर्च न्यून, पुँजीगत खर्चको प्रभावकारिता अपेक्षित नहुनु, पर्याप्त तयारी बिना बजेट प्रस्ताव गर्ने प्रवृति, ऋणको मात्रा बढ्दै जानु र भुक्तानी दायित्व उच्च रहनु, अनिवार्य दायित्वको मात्रा बढी रहनु र विकास पूर्वाधारमा लगानीका लागि वित्त दायरा न्यून रहनु नै अहिलेका प्रमुख चुनौती हुन् ।
‘१२ वर्षपछि खोला पर्खिन्छ । म १२ वर्षपछि आएको छु । पहिले म अर्थमन्त्री हुँदा गुरिल्ला अर्थमन्त्री भन्थे । मैले त्यसलाई नराम्रो रुपमा लिइन । लो प्रोफाइलमा बसेर काम गरेँ । म पहिले अर्थतन्त्री हुँदा घर–जग्गा र सहकारीमा समस्या थियो । अहिले करिब–करिब त्यस्ते अवस्था छ । त्यसमा काम गर्नुपछृ । उनी यस अघि २०६८ मा पनि अर्थमन्त्री भएका थिए । उनी १२ वर्षपछि अर्थमन्त्री बनेका थिए ।