पेनिक अर्थतन्त्र सुधार्ने जिम्मा वर्षमान पुनलाई, कस्तो बनाउँलान् बजेट ?

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का उप महासचिव वर्षमान पुनले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । उनको अर्थ मन्त्रालयमा दोस्रो इनिङ हो । ऊर्जा मन्त्री समेत बनिसकेका पुनलाई कुशल व्यवस्थापक मानिन्छ । संकलकालमा अर्थमन्त्री बनेका पुनलाई यो समय पनि त्यति सहज भने छैन । अहिले अर्थतन्त्र भने पेनिक अवस्थामा रहेको छ ।

यस्तो अवस्थामा मन्त्रालय सम्हाल्न आएका अर्थमन्त्रीलाई केहि दुविधा भएपनि उनले राष्ट्र बैंक र प्रधानमन्त्री प्रचण्डको पूर्ण रुपमा सहयोग मिल्ने छ । अघिल्लो पटक अर्थमन्त्री बन्दा पनि अनेक झमेला झलेर आधा रातमा बजेट ल्याएका पुनले अहिले भने त्यस्तो किसिमकको झमेला नभइ अर्थतन्त्र सुधार्नेमा लाग्नु पर्ने देखिएको छ ।

सरकारको सिद्धान्त तथा प्राथमिकता समेत संसदमा पेश भइसकेको हालको अवस्थामा बनेका अर्थमन्त्रीले फेरि नयाँ सिद्धान्त तथा प्राथमिकता बनाएर अघि बढ्ला कि पुरानैलाई निरन्तरता देलान्, त्यो भने हेर्न बाँकी छ ।

आफ्नै पाटीको जनार्दन शर्मालाई पाखा लगाएर, एमालेको अडानलाई भत्काएर अर्थमन्त्री बनेका पुनले अहिलेको अवस्थाबाट अर्थतन्त्रलाई बाहिर निकाल्न दिनरात खटिएर अर्थतन्त्रको सुधारमा पक्षमा लाग्नु पर्ने देखिएको छ ।

संसदमा सिद्धान्त र प्राथमिकता समेत पास भइसकेको र बजेटको सिलिङ समेत निर्धारण भइसकेको अवस्थामा उनले बजेटको त्यहि सीमा बसेर काम गर्लान कि प्रधानमन्त्री प्रचण्डले भनेको जस्तो साढे २२ खर्बको बजेट बनाउँलान्, अहिले यक्ष प्रश्न बनेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स