दिगो विकास लक्ष्यमा सरकारले कुन शीर्षकमा कति गर्यो खर्च ?

काठमाडौं । सरकारले दिगो विकास लक्ष्यमा आधारित रहेर बजेट खर्च गरेको छ । सन् २०३० सम्ममा सबै प्रकारका गरिबीको उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिको लागि एक समान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने परिकल्पना अनुरुप नेपाल सरकराले पनि दिगो विकास लक्ष्य अनुरुप बजेटलाई विभाजन गरेर खर्च गरेको हो । दिगो विकास तथा १६९ सहायक लक्ष्यहरू दिगो विकासका लागि एजेण्डा २०३० को एउटा भाग हो ।

सरकारले सांकेतीकरण नगरिएकोमा ७ खर्ब ७४ अर्ब ८७ करोड २३ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । आर्थिक वर्ष २०७९÷०८० को पुष मसान्तसम्म तीन खर्ब १४ अर्ब १४ करोड ६३ लाख रुपैयाँ खर्च भएको छ । यो कुल बजेट मध्ये हालसम्म ४०.५४ प्रतिशत खर्च भएको हो ।

त्यस्तै गरिबीको अन्त्य एक खर्ब ३१ अर्ब २५ करोड २८ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा ४० अर्ब ३२ करोड २६ लाख रुपैयाँ खर्च भइसकेको छ । यो अवधिमा गरिबीको अन्त्यमा बजेट विनियोजन भएको मध्ये ३०.७२ प्रतिशत खर्च भएको देखिन्छ ।

दिगो विकासमा शून्य भोकमारीको लागि सरकारले ६६ अर्ब ८ करोड २८ लाख रुपैयाँ बजेट छुटाएको थियो । जस मध्ये हालसम्म २२ अर्ब १ करोड ८ लाख रुपैयाँ खर्च भएको तथ्यांकमा उल्लेख गरिएको छ । यो भनेको विनियोजन भएको बजेटको ३३.३१ प्रतिशत खर्च भएको हो ।

त्यस्तै स्वस्थ्य जीवनमा सरकारले ५१ अर्ब ८६ करोड ७८ लाख रुपैयाँ विनियोजन गरेको थियो । विनियोजन भएको मध्ये ११ अर्ब ३८ करोड ३२ लाख रुपैयाँ खर्च भइसकेको छ । यो अवधिमा राज्येको सम्पती स्वस्थ्य जीवनमा २१.९५ प्रतिशत खर्च भएको छ ।

सरकारले आर्थिक वर्षको लागि गुणस्तरीय शिक्षाको लागि ५७ अर्ब ९१ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये समीक्षा अवधिमा २८ अर्ब ६८ करोड ५७ लाख रुपैयाँ खर्च भइसकेको तथ्यांकमा उल्लेख छ । यो भनेको गुणस्तरीय शिक्षामा सरकारको बजेट ४९.५३ प्रतिशत खर्च भएको हो ।

लैङ्गिक समानतामा १ अर्ब ११ करोड २२ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा समीक्षा अवधिमा ९ करोड ८१ लाख रुपैयाँ मात्रै खर्च भएको छ । यो भनेको लैङ्गिक समानतामा ८.८२ प्रतिशत खर्च भएको हो ।

त्यसैगरी समीक्षा अवधिमा दिगो सफा पानी तथा सरसफइ सेवामा १०.४८ प्रतिशत खर्च भएको छ । सरकारबाट आर्थिक वर्षमा दिगो सफा पानी तथा सरसफाई सेवाको लागि २१ अर्ब ५६ करोड ३३ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । विनियोजन भएको मध्ये पुष मसान्तसम्म दुई अर्ब २६ करोड ३ लाख रुपैयाँ खर्च भएको हो ।

सरकारले आधुनिक ऊर्जामा पहुँचको लागि ५७ अर्ब ९१ करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । समीक्षा अवधिमा ५० करोड १८ लाख रुपैयाँ खर्च भइसकेको छ । विनियोजन भएको बजेट मध्ये ०.८७ प्रतिशत मात्रै खर्च भएको देखिएको छ ।

समावेशी आर्थिक वुद्धि तथा मर्यादित कामको लागि सरकारबाट ४६ अर्ब ५३ करोड ९९ लाख रुपैयाँ जबेट विनियोजन भएकोमा ४ अर्ब २६ करोड ६८ लाख रुपैयाँ त खर्च भइसकेको छ । समीक्षा अवधिमा राज्येको सम्पत्ती ९.१७ प्रतिशत खर्च भएको छ ।

त्यसैगरी उद्योग, नवीन खोज र पूर्वधारमा १३.५१ प्रतिशत राज्यको सम्पत्ती खर्च भएको देखिन्छ । आर्थिक वर्षमा उद्योग, नवीन खोज र पूर्वाधारमा १ खर्ब ४९ अर्ब ४८ करोड ६३ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । यो अवधिमा विनियोन भएको बजेट मध्येबाट २० अर्ब १९ करोड १६ लाख रुपैयाँ खर्च भएको हो ।

असमानता न्यूनीकरण गर्नको लागी सरकारले आर्थिक वर्षमा एक खर्ब १३ अर्ब ४ करोड ६६ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । विनियोजन भएको बजेट मध्ये समीक्षा अवधिमा ३५ अर्ब १२ करोड १९ लाख रुपैयाँ खर्च भइसकेको छ । असमानता न्यूनीकरण गर्न ३१.०७ प्रतिशत खर्च भएको हो ।

दिगो शहर र बस्तीहरूको लागि सरकारले १ खर्ब ९ अर्ब ७२ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । समीक्षा अवधिमा दिगो शहर र बस्तीहरूमा १२ अर्ब ७१ करोड ५८ लाख रुपैयाँ खर्च भएको देखिन्छ ।

त्यस्तै जलवायु परिवर्तन अनुकुलनमा ३०.०६ प्रतिशत बजेट खर्च भएको छ । सरकारले आर्थिक वर्षमा जलवायु परिवर्तन अनुकुलनमा ७ अर्ब २९ करोड ७६ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । समीक्षा अवधिमा सरकारबाट विनियोजन भइको कुल बजेट मध्ये दुई अर्ब १९ करोड ३५ लाख रुपैयाँ खर्च भइसकेको छ ।

भूसतह स्रोतको उपयोग गर्न सरकारले १० अर्ब ५३ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो । समीक्षा अवधिमा उक्त बजेट तीन अर्ब ३५ करोड ६९ लाख रुपैयाँ खर्च भएको छ । यो अवधिमा भूसतह स्रोतको उपयोगमा ३१.८७ प्रतिशत खर्च भएको हो ।

शान्तिपूर्ण, न्यायपूर्ण र सशक्त समाजमा ४९.०६ प्रतिशत खर्च भएको देखिन्छ । सरकारबाट एक खर्ब ४३ अर्ब ६२ करोड २३ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । विनियोजन भएको बजेट मध्ये यो अवधिमा ७० अर्ब ४६ करोड ५५ लाख रुपैयाँ खर्च भएको छ ।

त्यस्तै दिगो विकासको लागि साझेदारीमा सबैभन्दा बढि ६४.७८ प्रतिशत खर्च भएको सार्वजनिक भएको तथ्यांकमा उल्लेख गरिएको छ । सरकारले दिगो विकासका लागि साझेदारीमा ९ अर्ब ११ करोड ९४ लाख रुपैयाँ विनियोजन गरेको थियो । विनियोजन भएको बजेट मध्ये यो अवधिमा ५ अर्ब ९० करोड ७८ लाख रुपैयाँ खर्च भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स