काठमाडौं । आज सोमबार सरकारले गत आवको जेठ १५ गते सार्वजनिक गरेको चालु आवको बजेटको समीक्षा ३.३० बजे हुने भएको छ । नेपाल राष्ट्र बैंकले साउन लागेपछि ल्याएको मौद्रिक नीतिको समीक्षाको लागि पनि आजै बेलुका बैठक बोर्ड बैठक डोकेको छ ।
सरकारले लक्षित पुँजीगत खर्च गर्न नसकेको र राजस्व उठाउन पनि नसकेको हालको अवस्था बजेट अर्धवार्षिक समीक्षामा कस्ता नीति नियमहरू परिवर्तन होला त्यो भने हेर्न नै बाँकी छ । एद्यपि सदाको वर्ष झै सरकारले ल्याउको बजेटको आकार भने घट्ने निश्चित जस्तै छ ।
पैसा खर्च गर्न नसकेर एकातिर अर्थतन्त्र चलायमान हुन सकेको छैन भने अर्कोतर्फ ठूला परियोजना सञ्चालन गर्ने ठेकेदारहरूले खर्च भएको रकमको शोधभर्ना समेत पाउन सकेका छैनन् । विद्युतीय सवारीको करदेखि खर्च बढाउने र लक्षित राजस्व उठाउन सरकारले नयाँ केहि व्यवस्था ल्याउने बुझिएको छ ।
उता देशको मौद्रिक व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएको राष्ट्र बैंकले बैंकहरूको बढ्दो खराब कर्जा, रिकभरीमा बैंकहरूले देखाएको तदारुकता तथा ऋण प्रवाह हुन नसकेको अवस्थालाई सम्बोधन गर्न कस्तो नीति ल्याउन त्यो पनि आज बेलुका बस्ने बैठकले तय गर्ने नै छ ।
यद्यपि चालु खाता र शोधनान्तर बचत बढ्दै गएको छ भने मुद्रास्फीतिको दबाब पनि देखिँदैन । यता कर्जा असुली प्रभावित भएको तथा बैंकहरूमा पूँजीकोषको दबाब बढ्दै गएकोले मौद्रिक नीति समीक्षामा केही नियामकीय व्यवस्थाहरु परिमार्जन हुन सक्ने आँकलन गरीएको छ ।
आज साँझ ५ बजेपछि बोलाइएको सञ्चालक समितिको बैठकले मौद्रिक नीतिको समीक्षा आजै साँझ सार्वजनिक गर्ने सम्भावना छ । मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा जस्तो गभर्नरलाई मौद्रिक नीति चलाउनुपर्ने दबाब नरहेकाले सोमबार साँझ नै छलफल सकिने सम्भावना रहेको स्रोतले जनाएको छ ।
विदेशी विनिमय सञ्चित बढ्दैमा अर्थतन्त्र सुधार नहुने भएकाले अब आर्थिक गतिविधि चलायमान गर्ने दिशातिर नीति लक्षित हुने बुझिएको छ । यस्तोमा मौद्रिक नीति समीक्षाले कर्जा विस्तारमार्फत आर्थिक गतिविधि चलायमान गर्न जोड दिने राष्ट्र बैंक स्रोतको भनाइ छ ।