ब्यापार घाटा २ खर्ब ७० अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो २ महिनामा ब्यापार घाटा २ खर्ब ७० अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । गत आव सोही अवधिमा ब्यापार घाटा १ खर्ब ५८ अर्ब ४० करोड रुपैयाँ थियो । चालु आर्थिक वर्षमा करिब ७१ प्रतिशतले ब्यापार घाटा बढेको छ । गत वर्ष सोही अवधिमा ब्यापार घाटा करिब २५ प्रतिशतले कमि आएको थियो ।

नेपालको उच्च ब्यापार घाटा भारतसँग रहेको छ । भारतसँग १ खर्ब ५१ अर्ब २४ करोड रुपैयाँ ब्यापार घाटा छ । नेपालमा भारतमा ३६ अर्ब १७ करोडको वस्तु निर्यात गर्दा १ खर्ब ८७ अर्ब ४१ करोड रुपैयाँ बराबरको आयात गरेको छ ।

चीनसँग ब्यापार घाटा ४२ अर्ब ६९ करोड रुपैयाँ छ । नेपालले चीनमा १६ करोडको वस्तु निर्यात गर्दा ४२ अर्ब ८४ करोड रुपैयाँको आयात गरेको छ ।

अन्य मूलुकसँग ब्यापार घाटा ७६ अर्ब ५४ करोड रुपैयाँ छ । अन्य मुलुकमा ७ अर्ब ७० करोडको वस्तु निर्यात गर्दा ८४ अर्ब २५ करोड रुपैयाँको आयात भएको छ ।

नेपालले सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात गरेको छ । चालु आवको पहिलो २ महिनामा ३४ अर्ब १८ करोड रुपैयाँ को पेट्रोलियम पदार्थ आयात भएको छ । गत आव सोही अवधिमा १४ अर्ब ५ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो । एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयात १४३ प्रतिशतले बढेको छ ।

चालु आवमा २५ अर्ब ९० करोड रुपैयाँ बराबरको सवारी साधन तथा पार्टपुर्जा आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ११५ प्रतिशत बढी हो । गत आवको पहिलो २ महिनामा १२ अर्ब ५ करोड रुपैयाँ बराबरको सवारी साधन तथा पार्टपुर्जा आयात भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स