आज माघे संक्रान्ती, घ्यू, चाकु, तरुलको पर्व, एक अर्बको कारोबार हुने अनुमान

काठमाडौें । आज नेपालीहरूले मनाउने माघे संक्रान्ति अर्थात् घ्यू, चाकु, तरुल, सखरखण्ड, तिलको लड्डु र मासको दाल, चामल हालेर पकाइने खिचडी खाने दिन । माघको पहिलो दिन बिहान सूर्य नउँदाउँदै नुवाइ–धुवाइ गरी सर्दी भगाउने परिकार खाने चलन मुलुकभर छ ।

व्यवसायीहरुका अनुसार यो पर्वमा घ्यू, चाकु, तरुल, पिंडालु लगायतका खाद्य पदार्थ नै १ अर्ब भन्दा बढीको खपत हुने गरेको छ । यी वस्ुतहरू मुलुकका अधिकांश क्षेत्रमा उत्पादन हुन्छ । बजारमा कति माघे संक्रान्तीमा खपत हुने वस्तु बिक्री हुन्छ भन्ने यथार्थ तथ्यांक नभएपनि बजारमा भएको आपूर्ति र खपतलाई हेर्दा करिब एक अर्बको कारोबार हुने अनुमान गर्न सकिन्छ ।

बजारमा पुगेका वस्तुको कारोबारको आंकलन गर्न सकिएपनि गाउँघरमै उत्पादित र प्रयोग भएका वस्तुको आँकलन गर्न कठिन हुन्छ । माघे संक्रान्तिले सुस्ताउँदो अर्थतन्त्रलाई चलायमान बनाउन केही भरथेग गर्ने देखिएको छ ।

स्वास्थ्यका लागि फाइदाजनक माघीको खानेकुरा
यस्ता खाद्यवस्तु खाँदा जति मिठो र स्वास्थ्यका हिसाबले पनि उतिकै फाइदाजनक हुने पोषणविद् बताउँछन् । यस्ता खानेकुरामा शरीरलाई आवश्यक रहेको पौष्टिक तत्वहरू जस्तै कार्बाेहाइड्रेट, चिल्लो, भिटामिन, खनिज तत्व प्रदान गर्ने बताउनुहुन्छ ।

यी खानेकुराले पुष माघको चिसोबाट बचाउन शरिरलाई न्यानोपन प्रदान गर्नुका साथै क्यालोरिको मात्र बढीहुने भएकोले शरीरमा न्यानोपना प्रदान गर्छ । यस्ता खानेकुराबाट प्रशस्त मात्रमा क्यालोरी, मिनिरल, क्याल्सियम, फाइबर, भिटामिन प्राप्त हुन्छ ।

तरुल रेसादार खाद्य पदार्थ हो। यसबाट प्रशस्त मात्रमा फाइवर, प्रोटिन, मिनरलका साथै विभिन्न प्रकारका भिटामिन प्राप्त गर्न सकिने छ । कतिपय मानिसले तरुललाई नियमित तरकारीको रुपमा पनि प्रयोग गर्न सकिन्छ । प्रशस्तमात्र फाइवर हुने भएकाले नियमित खानाले कब्जियतको समस्याबाट बच्न सकिन्छ ।

जाडो मौसममा हाम्रो शरीरलाई क्यालोरीको आवश्यकता पर्छ । घिउबाट प्रशस्त मात्रामा क्यालोरी प्राप्त गर्न सकिन्छ । शुद्ध घ्यूले शरिरलाई आवश्यक पर्ने चिल्लो प्रवाह गरी ऊर्जा प्राप्त गर्न मद्दत गर्छ । चाकुबाट अत्यधिक मात्रामा ग्लुकोज, क्यालोरी, कार्बोहाइड्रेड र आइरन प्राप्त गर्न सकिन्छ । घ्यू–चाकुले शरीरलाई न्यानो प्रदान गर्नुका साथै चिसोबाट लाग्ने रोगबाट बच्न मद्दत गर्छ ।

मासको दाल, चामल, घ्यू मिसाएर बनाइने खिचडी बच्चादेखि वृद्धवृद्धासम्मलाई उपयोगी खाना हो । खिचडी शरीरले सजिलै पचाउन सक्ने भएकाले दैनिक रुपमा पनि बच्चा र वृद्धवृद्धाहरुलाई खुवाउन सकिन्छ । खिचडीबाट प्रशस्त मात्रमा प्रोटिन जस्तै मिनिरल, क्यालोरी, कार्बोहाइड्रेड र आइरन प्राप्त गर्न सकिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स