आर्थिक वृद्धिमा खानी तथा उत्खननको योगदान १५ प्रतिशतमाथि हुँदा होलसेल तथा सवारी साधन नकारात्मक

काठमाडौं । केन्द्रीय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासको आर्थिक वृद्धिदर सार्वजनिक गरेको छ । कार्यालयले चालु आवको पहिलो ३ महिनामा मुलुकको आर्थिक वृद्धिदर ३.२ प्रतिशत हुने प्रक्षेपण गरेको हो । गत आवको पहिलो त्रैमासको पनि नेपालको आर्थिक वृद्धिदर ३.२ प्रतिशत थियो ।

चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सबैभन्दा बढी योगदान खानी तथा उत्खननको रहेको छ । चालु आवको पहिलो त्रैमासमा खानी तथा उत्खनन्को १५.८ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सो अवधिमा सो क्षेत्रको आर्थिक वृद्धिदर नकारात्क थियो ।

अर्थतन्त्रका अन्य सबै क्षेत्रको क्रियाकलाप बढ्दा होलसेल एण्ड रिटेल रिपेयर अफ मोटर भेइकलर मोटरसाइकलको योगदान भने नकारात्मक रहेको छ ।

चालु आवको पहिलो त्रैमासमा देशको कुल गार्हस्थ्य उत्पादनमा बैंक तथा बीमा क्षेत्रको योगदान पनि बढेको छ । गत आवको सो अवधिमा कुल गार्हस्थ्य उत्पादनमा ९.९ प्रतिशत रहेको योगदान चालु आवमा बढेर १३.२ प्रतिशत पुगेको छ । तेस्रोमा होटल तथा सर्भिस क्षेत्रको योगदान बढी रहेको छ । चालु आवको पहिलो त्रैमासमा होटल तथा सर्भिस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ११.७ प्रतिशत योगदान रहेको छ भने निर्माण क्षेत्रको योगदान ११.४ प्रतिशत रहेको तथ्यांक कार्यालयले सार्वजनिक गरेको छ ।

प्रशासनिक तथा अन्य सपोर्ट सर्भिसको योगदान ८.८ प्रतिशत रहँदा पब्लिक एड्मिष्ट्रेशन तथा सोसल सेक्युरिटीको योगदान ६.५ प्रतिशत रहेको छ । प्रोफेशनल साइन तथा टेक्नोलोजी क्रियाकलापबाट ५.१ प्रतिशत, सूचना तथा प्रविधि, वाटर सप्लाइः सेवेजज् वेष्ट म्यानेजमेन्टको योगदान एक/एक प्रतिशत रहेको छ ।

आर्ट इन्टरटेनमेन्ट एण्ड रिक्रियशन क्षेत्रको योगदान २.८ र रियल स्टेटको योगदान २.२ प्रतिशत रहेको छ भने कृषि वन तथा मत्च्छेपालनको योगदान १.४, उत्पादन मूलक क्षेत्रको योगदान १.३ र मावन स्वास्थ्य तथा सामाजिक क्रियाकलापको क्षेत्रबाट नेपालको अर्थतन्त्रमा १.१ प्रतिशत योगदान भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स