मंसिरमा मूल्यवृद्धि घटेर ४.९५ प्रतिशत कायम, तराईमा ४.२६ प्रतिशत रहँदा काठमाडौंमा कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मंसिरमा मूल्यवृद्धि घटेको छ। बैंकका अनुसार मसिंर महिनामा समग्र मूल्यवृद्धि ४.९५ प्रतिशत कायम रहेको छ ।

गत आर्थिक वर्षको सोहि अवधिमा यस्तो मुद्रास्फीति ७.३८ प्रतिशत रहेको थियो । यसैगरी चालु आवको कार्तिक महिनामा पनि मुद्रास्फीति घटेको देखिन्छ । कार्तिक महिनमा समग्र मुद्रास्फीति ५.३८ प्रतिशत कायम थियो ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक क्रमशः १३.६६ प्रतिशत, ८.३७ प्रतिशत र ०.१३ प्रतिशतले घटेको छ भने मरमसला उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक ३७.२२ प्रतिशत, फलपूmलको १३.३७ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १३.२४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ११.३० प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.५९ प्रतिशत र दाल तथा गेडागुडीको १०.५६ प्रतिशतले बढेको छ ।

२०८० मंसिर महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति २.६३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ९.१५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः ४.४६ प्रतिशत, १.६८ प्रतिशत र २.५२ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक विन्दुगत थोक मुद्रास्फीति ०.६६ प्रतिशतले घटेको छ ।

२०८० मंसिर महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४२ प्रतिशत, तराईको ४.२६ प्रतिशत, पहाडको ५.४२ प्रतिशत र हिमालको ७.४६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ६.५६ प्रतिशत, ८.०० प्रतिशत, ७.३२ प्रतिशत र ६.४८ प्रतिशत रहेको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स