विश्वको अर्थतन्त्र २.४ प्रतिशतमा खुम्चदा नेपालको ५ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । विश्वको अर्थतन्त्र २.४ प्रतिशतमा खुम्चदा नेपालको अर्थतन्त्र भने त्यसको डब्बल हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत रहने प्रक्षेपण गरेको छ । बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स, जनवरी २०२४’ सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो ।

गत वर्षको तुलनामा आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर सकारात्मक रहने अनुमान गरेको हो। बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव नौ प्रतिशत रहने बैंकले जनाएको छ ।

आगामी वर्ष आर्थिक वृद्धिदर अहिलेको भन्दा औद्योगिक र सेवा क्षेत्रमा सुधार हुने हुँदा आर्थिक वृद्धिदर केही बढ्न सक्ने प्रक्षेपण बैंकको गरेको हो । लचिलो मौद्रिक नीति र आयातमा लगाइएको प्रतिबन्ध फुकुवाका कारण अर्थतन्त्रमा केहि सहज हुँदा नेपालको आर्थिक वृद्धिदर सुधार हुने देखिएको हो ।

अहिले विश्व अर्थतन्त्रमा देखिएको शिथिलता सन् २०२४ मा पनि कायम रहने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । विशाल अर्थतन्त्र भएका मुलुकका केन्द्रीय बैंकले अवलम्बन गरेको कडा खालका मौद्रिक नीति, सहज अवस्थामा फर्किन नसकेको विश्व व्यापार र लगानीको अवस्थाका कारण आर्थिक वृद्धिदर न्यून देखिने प्रक्षेपण गरिएको हो ।

मुद्रास्फीति र महँगो ब्याजदरका कारण पनि यसवर्ष उपभोक्ता तथा मौद्रिक बजारलाई असर गर्ने ठहर गरिएको छ ।

विश्वको अर्थतन्त्र सन् २०२४ मा २.४ र प्रतिशतमा खुम्चिने अनुमान गरिएको छ । सन् २०२१ मा विश्व अर्थतन्त्र ६.२ प्रतिशत रहेकोमा सन् २०२२ मा घटेर ३ प्रतिशत पुगेको थियो। सन् २०२३ मा २.४ प्रतिशतको विश्व आर्थिक वृद्धिदर अनुमान गरिएको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स