सरकारको आम्दानीभन्दा १ खर्ब खर्च बढी, पुँजीगत खर्च पौने १७ अर्ब हुँदा ऋण तिर्ने खर्च ७८ अर्ब

काठमाडौं । सरकारले आम्दानीभन्दा करिब १ खर्ब रुपैयाँ बढी खर्च गरेको छ । सरकारले चालु आर्थिक वर्षको पुस आधासम्म ५ खर्ब १० अर्ब ८७ करोड रुपैयाँ खर्च गरेर ४ खर्ब ९ अर्ब ८५ करोड रुपैयाँ राजस्व उठाएको छ । सरकारले गरेको आम्दानीमध्ये ३ खर्ब ८ अर्ब ४४ करोड राजस्व हो भने २८ अर्ब गैर कर भएको महालेखा नियन्त्रक कार्यालयमा उल्लेख गरिएको छ । सरकारको सो आम्दानीमा २ अर्ब ७५ करोड विदेशी अनुदान हो भने १६ अर्ब ६५ करोड अन्य रिसिप्ट हो ।

सरकारले चालु आवको यो अवधिमा गरेको कुल खर्चमध्ये ३ख र्ब ९१ अर्ब चालु खर्च हो भने ४१ अर्ब ६७ करोड पुँजीगत खर्च र ७८ अर्ब वित्तीय व्यवस्था खर्च हो ।

महालेखाको यो तथ्यांकलाई हेर्दा चालु आवमा पुँजी खर्च भन्दा सरकारले लिएको ऋण र त्यसको ब्याजतिर्न पुँजीगत खर्चको दोब्बर खर्च भएको छ । यसको अर्थ राज्यले सार्वजनिक ऋणको लागि ठूलो रकम खर्च गर्नुपर्ने देखिएको हो ।
सरकारको दायित्व बढी भएकोले चालु आवको बजेटमा सरकारले ३ खर्ब २ अर्ब पुँजीगत खर्चको लागि बजेट छुट्याएको छ भने ३ खर्ब ७ अर्ब वित्तीय व्यवस्था खर्च छुट्याएको छ ।

सरकारले चालु आर्थिक वर्षको लागि कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सो बजेटमध्ये पुस १५ गतेसम्म कुल २९.१७ प्रतिशतमात्रै खर्च भएको छ । सो खर्चमध्ये ११ खर्ब ४१ अर्ब ७८ करोड चालु खर्च हो ।
सरकारले खर्च व्यवस्थापन गर्नको लागि कुल १४ खर्ब २२ अर्ब ५४ करोड राजस्व उठाउने लक्ष्य राखेको छ भने ४९ अर्ब ९४ करोड रुपैयाँ वैदेशिक अनुदान पाउने अपेक्षा राखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स