१४.२५ प्रतिशत बोनस सेयर वितरण गर्दै लक्ष्मी स्टील्स

काठमाडौं । लक्ष्मी स्टील्स लिमिटेडले १४.२५ प्रतिशत बोनस सेयर गर्ने घोषण गरेको छ । यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनी सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले १४.२५५ बोनस सेयर र कर प्रयोजनको लागि ८१ लाख ७५ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

लक्ष्मी स्टील्सले बोनस सेयर प्रस्ताव पारित गर्न आगामी पुस २९ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, सुविधानगर तिनकुने काठमाडौंमा अपरान्ह १२ बजेदेखि सुरु हुने जानकारी गराएको छ ।

सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स