वैदेशिक रोजगार जाने गरे ४ महिनामा ८९ करोडको बीमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वैदेशिक रोजगारमा जानेहरूबाट कार्तिक महिनासम्म ८९ करोड ८ लाख ९५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । बीमा कम्पनीहरूले कार्तिक महिनासम्म १७ लाख ८५ हजार ५७३ वाट पोलिसी जारी गरेर सो बीमा शुल्क आर्जन गरेका हुन् ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरूले १ अर्ब १६ करोड ३७ लाख कुल प्रिमियम आर्जन गरेका थिए । कम्पनीहरूले गत आवमा १२ लाख १२ हजार ४६२ वटा वैदेशिक रोजगार सम्बन्धी पोलिसी जारी गरेर सो बीमा शुल्क आर्जन गरेको हो ।

बीमक कम्पनीहरूले कार्तिक महिनामा मात्रै वैदेशिक रोजगारमा जानेबाट ४८ हजार ४२० वटा पोलिसी जारी गरेर २० करोड ५१ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

सन नेपाल लाइफ इन्स्योरेन्सले कार्तिक महिनासम्म सबै भन्दा बढी बीमा शुल्क संकलन गरेको छ । त्यसैगरी सोही अवधिमा अन्य कम्पनी भन्दा कम बीमा शुल्क संकलन प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गरेको छ । यो अवधिमा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्ने सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ करोड ५४ लाख बीमा शुल्क संकलन गरेको छ । अन्य पोलिसीमा कमजोर देखिएपनि वैदेशिक रोजगारमा भने कम्पनीको व्यवसाय अग्र पङ्तीमा आएको छ ।

नेशनल लाइफ इन्स्योरेन्सले कार्तिक महिनासम्म ४९ हजार ५०८ वटा पोलिसी जारी गरेर ७ करोड ८ लाख १५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरको छ । नेपाल लाइफ इन्स्येरेन्सले ३ लाख ४ हजार ४९९ वटा पोलिसी जारी गरेर २० करोड १५ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । कम्पनीले कार्तिक महिनामा मात्रै ५ करोड २३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

एशिया लाइफ इन्स्योरेन्सको ६ करोड ५३ लाख, आइएमई लाइफ इन्स्योरेन्सको ११ करोड ९ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड ८९ लाख, सिटिजन लाइफ इन्स्योरेन्सको ४ करोड २० लाख, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ६ करोड ६८ लाख, सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको ५ करोड ७६ लाख, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १२ लाख ३६ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स