ब्रोकर कमिशनको प्रस्ताव थन्काएर अर्थमन्त्री कमाउ धन्दामा लागेको लगानीकर्ताको आरोप

काठमाडौं । नेपाल धितोपत्र बोर्डले वर्षौ अगाडिदेखि लगानीकर्ताको चर्को ब्रोकर कमिशनको गुनासो सम्बोधन गर्नको लागि नवराज अधिकारीको संयोजकत्वमा ब्रोकर कमिशन अध्ययन कमिटी गठन उक्त कमिटीले बुझाएको प्रतिवेदन त्यतिकै थन्काएर तत्कालिन धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले ब्रोकरहरूको प्रलोभनमा पारी थोरै प्रतिशतमात्रै कमिशन घटाएर झारा टोरेका थिए ।

सो विषय पटक पटक लगानीकर्ताको मुख्य एजेण्डाको रुपमा उठ्दै आइरहेको छ । लगानीकर्ताको मुख्य एजेण्डको रुपमा समावेश भएको उक्त विषय वर्तमान धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले दशैं विदाको अन्तिम दिन अर्थमन्त्रमा ब्रोकर कमिशन घटाउने प्रस्ताव निश्चित प्रतिशतसहित घटाउनका लागि अर्थ मन्त्रालयमा स्वीकृतीका लागि पेश गरेका थिए ।

लगत्तै केहि लगानीकर्ताहरू अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटी सो प्रस्ताव तत्काल स्वीकृत गरी लगानीकर्तालाई राहत दिनको लागि अनुरोध गरेका थिए । र उक्त भेटमा अर्थ मन्त्रीले दशैं विदापछि कार्यालय खुलेको पहिलो दोस्रो दिनमै स्वीकृत गरी कार्यान्वयनमा पठाउछु भनी लगानीकर्तालाई आश्वासन दिएका थिए ।

तर, यति लामो समय वित्दा पनि न अर्थ मन्त्रालयले स्वीकृती गर्यो न त लगानीकर्ताको कमिशननै घट्यो । स्वयम् अर्थमन्त्री नीतिगत समस्यामा अल्झाएर ब्रोकर एसोसिएसनमार्फत भेटघाट छलफल अगाडि बढाइ उक्त कार्यलाई ओझेलमा पारेका छन् भने उक्त घटाएको कमिशन तत्काल कार्यान्वयन नगर्नको लागि ब्रोकरमार्फत अतिरिक्त मोटो रकम कुम्लाएर विषयलाई यथास्थितिमा अल्झाएर आफू कमाउन धन्दामा लागेको लगानीकर्ताहरूको आरोप छ ।

ब्रोकरहरूले अर्थमन्त्रीलाई मोटो रकम बुझाएर मन्त्री आफैले नीतिगत करप्शन गर्दै आएको लगानीकर्ताले बताए । ‘अर्थमन्त्रीले ब्रोकरसँग मिलिमतो गरेर ब्रोकर कमिशन नघटाएका हुन्,’ ती लगानीकर्ताले भने ‘५० लाख लगानीकर्ताको हितमा अर्थमन्त्री नलागी सीमित ब्रोकर पोस्ने काममा उनी लागेका हुन् ।’

जुन कुरा अर्थमन्त्रीको व्यवहारले पनि पुष्टि गर्दछ । अर्थमन्त्री नजिकका जानकारहरूका अनुसार उनको परिवारले पैसा बुझ्ने र अर्थमन्त्रीले काम गर्ने, पैसा नबुझिकन हत्तपत्त नीतिगत काम नहुने बुझिएको छ ।

अर्थतन्त्र संकटमा धकेलिदा पनि सुधारको लागि निर्माण गर्नु पर्ने काम नगरी यस्तै कमाउ धन्दामा उनी लागेको उनीसँगै उठबस गर्नेको भनाइ छ । प्रधानमन्त्रीले अर्थतन्त्र सुधारको लागि उच्च स्तरीय वैधानिक संयन्त्र बनाउने भने पछि आफ्नो कुर्सी र भूमिका बचाउ अभियानमा लागेका अर्थमन्त्री कुर्सी बच्ने भएपछि ठूली भौजुको आदेशको शिरोपर गर्दै आफू र उनको स्वार्थको काममात्रै गर्दै हिडेका छन् ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स