अर्थतन्त्रका सुधारका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बोलाए बैठक, कस्ता आउलान् त उपाय ?

५ मन्त्रीले पनि छलफलमा भाग लिने

काठमाडौं । देशको अर्थतन्त्र सुधारका उपायबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज छलफल गर्दैछन् ।

अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक लगायत सरकारी निकायका प्रतिनिधिको सहभागिता रहने गरी प्रधानमन्त्रीले छलफल बोलाएका हुन् । सरकारी निकायका प्रतिनिधिहरुलाई अपराह्न ४ बजे छलफलमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने छलफल अर्थतन्त्रको वर्तमान अवस्था, निजी क्षेत्रका सुझाव र सुधारका लागि सरकारले गर्नुपर्ने निर्णयका विषयमा केन्द्रित हुने केही समयअघि नेपाल उद्योग वाणिज्य महासंघले गरेको एक कार्यक्रममा पनि प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि सरकारले ’बोल्ड’ निर्णय लिने बताएका थिए ।

अर्थतन्त्र सुधारका विषयमा छलफल गर्न प्रमले छलफल बोलाइएको हो । छलफलमा देशका वास्तविक अवस्था, सुधार गर्नुपर्ने ठाउँ र अर्थतन्त्र सुधारका लागि भावी रणनीति तयार पार्न सो छलफल प्रमले डाकेका हुन् ।

‘विकासे मन्त्रायलले पुँजीगत खर्च नगर्दा बजारमा माग बढ्न नसकेको गुनासो आएको छ,’अर्थ मन्त्रालयले उच्च स्रोतले भन्यो ‘पुँजीगत खर्च बढ्न नसक्नुको कारण के हो ? सरकारले कस्तो निर्णय गर्दा अर्थतन्त्र सुधार हुन सक्छ भन्ने विषयमा बैठकमा छलफल हुने तय भएको छ ।’ उक्त छलफलमा विकासे मन्त्रालयका ५ मन्त्रीले पनि छलफलमा भाग लिने छन् ।

अर्थमन्त्री, गृहमन्त्री, भौतिक पूर्वाधार मन्त्री, सहरी विकास मन्त्री, उद्योग मन्त्रीसहित राष्ट्र बैंकका गभर्नर, मुख्य सचिव, अर्थ सचिव लगायतका अधिकारीसँग छलफल गर्ने तयारी प्रधान मन्त्रीले गरेका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स