नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । चालु आवमा ६ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण बजेटमा गरिएको छ । गत आवमा नेपालको आर्थिक वृद्धि १.९ प्रतिशत मात्रै भएको थियो । चालु आवमा कृषि तथा उद्योग क्षेत्रको वृद्धि सामान्य मात्रै भए पनि सेवा क्षेत्रको वृद्धि सन्तोषजनक हुने प्रक्षेपण गरिएको छ ।

कृषि क्षेत्रको वृद्धि २.१ प्रतिशत, उद्योगको वृद्धिदर ३.२ प्रतिशत हुने र सेवा क्षेत्रको वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । आयात प्रतिबन्ध हट्दै जानु, पर्यटन क्षेत्र पुनरुत्थानतर्फ जाँदै गर्नु र मौद्रिक नीति विस्तारै खुकुलो बन्दै जानुले चालु आवमा सन्तोषजनक आर्थिक वृद्धि हुन प्रक्षेपण विश्व बैंकले गरेको हो ।

मनसुनका कारणका नेपालमा कृषि उत्पादन घट्नसक्ने, वस्तुको मूल्यवृद्धि उच्च हुनसक्ने र भारतले केही सामानमा निर्यात प्रतिबन्ध गरेकाले त्यसको असर आर्थिक वृद्धिमा देखिन सक्ने जोखिम प्रति विश्व बैंकले गरेकोे छ ।

मंगलबार सार्वजनिक गरेको विश्व बैंकको अर्धवार्षिक प्रतिवेदन नेपाल डेभलपमेन्ट अपडेटको अनुमानले आगामी आर्थिक वर्ष २०८१/०८२ मा आर्थिक वृद्धि ५ प्रतिशत हुने छ ।

नेपालमा लम्पी स्किन महामारीले पारेको प्रभावलाई ध्यान राखेर यो वर्षको आर्थिक वृद्धिको प्रक्षेपण गरिएको विश्व बैंकले जनाएको छ । यो वर्ष कृषि तथा उद्योग क्षेत्रको वृद्धि सामान्य रहे पनि सेवा क्षेत्रको वृद्धिदर सन्तोषजनक रहने प्रक्षेपण विश्व बैंकको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स