यस्तो छ सेयर बजार घट्नुको मुख्य कारणः पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं । पूर्व अर्थमन्त्री विष्णु पौडेलले सेयर बजार एमालेको सरकार आउँदा हरियो र बाहिरिदा रातो हुनुको मुख्य कारण बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघ आयोजना कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री पौडेलले एमालेले समस्याको पहिचान खोजेर समाधान खोज्ने भएकोले लगानीकर्ताको मनोबल बढ्ने र सोही कारण पुँजी बजार बढ्ने उनले बताए ।

‘सेयर बजार एमाले आउँदा हरियो, बाहिरिँदा रातो किन हुन्छ ?’ भन्दैै उनले भने ‘एमालेले समस्यालाई पहिचान गरेर समाधान गर्छ ।’ त्यस कारण हामी आउँदा लगानीकर्तामा उत्साह थपिन्छ र बाहिरिँदा निरासा छाउँछ, लगानीकर्ताको मनोबल गिर्दा सेयर बजार रातो हुन्छ ।’

ध्यानाकर्षणभन्दा पनि सडकमा उत्रिएर दबाव दिन आवश्यक छ, त्यसमा हाम्रो पूर्ण साथ रहन्छ, तपाईंहरु संगठित भएर मात्रै अगाडि बढ्नुस्,’ पूर्व अर्थमन्त्री पौडेलले भने । तपाईहरू यसको विरुद्धमा उत्रिनुुस्, हामी तपाईहरूको साथमा छौं भन्दै समस्याहरुलाई प्राथकिताका आधारमा निर्धारण गरेर सम्बन्धित निकायलाई दवाव दिनुस् ।’

‘म अर्थमन्त्री हुँदा अर्थतन्त्रका सूचकहरु सकारात्मक थिए, म दावाका साथ भन्छु– ‘ अहिले नकारात्मक छ, यो सरकारको नेतृत्वमा अर्थतन्त्र सुधार हुन सक्दैन, अर्थतन्त्र सुधारका लागि यो सरकारले कुनै पनि व्यवहारिक तथा नीतिगत व्यवस्था गर्न सक्दैन,’ उनले भने ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स