नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत रहने एडीबीले गर्यो प्रक्षेपण, अर्थतन्त्रमा अझै चुनौती

काठमाडौं। एसियाली विकास बैंक (एडीबी) ले नेपालको आर्थिक वृद्धिदर सन् २०२४ मा ४.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ । बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२३ मा १.९ प्रतिशत रहने अनुमान गरेको छ ।

एडिबीले ‘एसियन डेभलपमेन्ट आउटलुक, सेप्टेम्बर २०२३’ प्रतिवेदन सार्वजनिक गर्दै यो वर्षको तुलनामा आगामी वर्ष आर्थिक वृद्धिदरमा केही राम्रो हुने अनुमान गरेको हो।

नेपालमा सन् २०२३ मा मुद्रास्फीति ७.७ प्रतिशत रहने अनुमान एडीबीले गरेको छ । सन् २०२४ मा भने त्यो घटेर ६.२ प्रतिशत कायम हुने प्रक्षेपण गरेको छ । नेपालले वस्तु आयात गर्ने सबैभन्दा ठूलो मुलुक भारतमा सन् २०२४ मा मूल्यवृद्धि घट्ने अनुमान गरिएका कारण नेपालमा पनि त्यसको सकारात्मक प्रभाव देखिने अनुमान एडीबीको छ ।

अर्थतन्त्र सुधारोन्मुख देखिए पनि चुनौती भने कायमै रहेको रिपोर्टमा उल्लेख गरिएको छ । आर्थिक वृद्धिदर बढिरहेको र मूल्यवृद्धि सन्तुलनमा रहेको देखिए पनि नेपालमा जोखिम भने अझै बाँकी रहेको एडीबीले औल्याएको छ ।

सन् २०२४ मा नेपालले आफ्नो कुल गार्हस्थ्य उत्पादनको २.४प्रतिशत बराबर वित्त घाटा व्यहोर्ने अनुमान गरिएको छ । यदि नेपालले लक्ष्यअनुसार राजस्व उठाउन सकेन भने यो अझ बढ्नसक्ने देखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स