काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउन एक महिनामा १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । साउन महिनामा भित्रिएको रेमिट्यानस गत आवको सोही अवधिको तुलनामा २५।८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा भने रेमिट्यान्स २०।३ प्रतिशतले बढेको थियो ।
रेमिट्यान्समा सुधार आउनु भनेको विश्व बजारको अर्थतन्त्रमा सुधार आउनु पनि हो । किनकी अर्थतन्त्रमा सुधार नआइकन वैदेशिक रोजगारीमा जानेले पनि राम्रो कमाइ गर्न सक्दैनन् । यद्यपि श्रम स्वीकृती लिएर विदेशमा काम गर्न जानेको संख्या भने बढेको छ ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१।५ प्रतिशतले वृद्धि भई ८७ करोड ९८ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १२।५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको संख्या १२।१ प्रतिशतले कमी आई ३९,१५२ कायम भएको छ ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९।५ प्रतिशतले कमी आई १६,४२३ कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ७५।४ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर २६।१ प्रतिशतले वृद्धि भई १२८ अर्ब २१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १८।४ प्रतिशतले बढेको थियो ।