अर्थमन्त्री डा.महतले सरकारी बैंकका अध्यक्ष र सीईओहरूलाई बोलाएर सोधे स्पष्टिकरण

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले ब्याजदर बढाएको विषयलाई लिएर सरकारी बैंकका तीनै अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई स्पष्टीकरण सोधेका छन् । ‘सरकारको ब्याजदर घटाउने नीतिलाई असफल बनाउन खोजेको भन्दै अथमन्त्री महतले उनीहरूलाई ब्याजदरको विषयलाई लिएर अर्थमन्त्री डा.महतले उनीहरूलाई बोलाएर थर्काएका छन् । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका सीईओलाई बोलाएर अर्थ मन्त्रालयमा बोलाएर ब्याजदर वृद्धि किन गरेको भन्दै प्रश्न गरेका हुन् ।

अर्थमन्त्री डा. महतले वाणिज्य बैंकका अध्यक्ष बलराम पाठक र सीईओ किरणकुमार श्रेष्ठ, नेपाल बैंकका अध्यक्ष ज्ञानप्रसाद ज्ञवाली र कृष्णबहादुर अधिकारी तथा कृषि विकास बैंकका अध्यक्ष रामशरण पुडासैनी र सीईओ गोविन्द गुरुङलाई शुक्रबार मन्त्रालयमै बोलाएका थिए ।

बैंकका सीईओ तथा अध्यक्षहरूले अर्थमन्त्रीको प्रश्नमा निक्षेप जोगाउन ब्याजदर बढाउनु परेको जवाफ दिएका छन् । निक्षेपको ब्याजदर बढाएपनि कर्जाको ब्याजदर भने नबढाउने प्रतिबद्धता उनीहरूले मन्त्री समक्ष गरेका छन् । यद्यपि अर्थमन्त्री उनीहरुको जवाफमा सन्तुष्ट छैनन् ।

तीनवटै सरकारी बैंकहरूमध्य सर्वाधिक ब्याज बढाउनेमा नेपाल बैंक रहेको छ । यसले साउनको तुलनामा भदौमा करिब २ प्रतिशतले ब्याजदर बढाएको छ । नेपाल बैंकले बढाएको ब्याजदर अनुसार मुद्दति निक्षेपमा १०.८९६ प्रतिशत बनाएको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स