नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुनेः विश्व बैंक

काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमात्र हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले प्रकाशन गरेको ‘साउथ एशिया इकोनोमिक फोकस’ले सन् २०२१ को जुलाइदेखि २०२२ को जुलाइसम्मको अवधिमा वास्तविक कुल गार्हस्थ्य उत्पादन (रियल जीडीपी) वृद्धिदर ३.९ प्रतिशतले हुने उल्लेख गरेको छ ।

सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखेको छ । सरकारको लक्ष्यभन्दा विश्व बैंकको प्रक्षेपण ३.१ प्रतिशत कम हो ।

आगामी आर्थिक वर्षमा भने ४.७ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान विश्व बैंकको छ । गत आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशतमा खुम्चिएको थियो । भने, अघिल्लो आवमा वृद्धिदर २.१ प्रतिशतले ऋणात्मक थियो ।

विश्व बैंकको प्रक्षेपणअनुसार चालु आवमा माल्दिभ्सले सर्वाधिक ११ प्रतिशत आर्थिक वृद्धि हासिल गर्नेछ । दक्षिण एसियामा सबैभन्दा कम आर्थिक वृद्धिदर श्रीलंकाले २.१ प्रतिशतमात्र हासिल गर्ने विश्व बैंकको प्रक्षेपण छ ।

यो वर्ष आर्थिक वृद्धिदर शुन्य प्रतिशत हुने विश्व बैंकको अनुमान थियो । यसअघि आफूले गरेको आर्थिक वृद्धिदरको अनुमानमा संशोधन गर्दै विश्व बैंकले सो प्रक्षेपण गरेको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स