ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौं । ललिता निवास प्रकरणमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हडपेको आरोपमा नक्कली मोही बनेका व्यक्ति बनेका दुई मोही पक्राउ परेका हुन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोमबार सञ्जय महर्जन र सकुलानन्द महर्जन पक्राउ गरेका हुन् । सञ्जय र सकुलानन्दमाथि ११२ रोपनी जग्गा र नक्कली टिकिंन्छ । गुठीको नाममा जग्गा लिँदा नक्कली मोही बनेको आरोप रहेको छ । उनीहरुलाई ब्यूरोको महाराजगञ्जस्थित कार्यालयमा लगिएको छ । हालसम्म यस प्रकरणमा १९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स