महानगरपालिकको आर्थिक विधेयकः ५ लाखदेखि ५० लाखसम्म तोकियो जग्गाको मूल्यांकन, कुन शीर्षकमा कति लाग्छ कर ? (पूर्णपाठसहित)

काठमाडौं । काठमाडौ महानगरपालिकाले आज आगामी आर्थिक वर्षको बजेटसँग आर्थिक विधेयक पनि ल्याएको छ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट र आर्थिक विधेयक सार्वजनिक गरेको छ ।

महानगरले आज सार्वजनिक गरेको आर्थिक विधेयकले जग्गाको मूल्यांकन ५ लाख रुपैयाँ प्रतिआनादेखि ५० लाख रुपैयाँसम्म तोकेको छ । महानगरले सार्वजिनक गरेको आर्थिक विधेयकले ‘च’ वर्गको जग्गाको मूल्यांकन ५ लाख र ‘क’ वर्गको जग्गाको मूल्यांकन ५० लाख रुपैयाँ प्रतिआना तोकेको हो ।

आइतबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आर्थिक विधेयक र उपप्रमुख सुनिता डंगोलले बजेट पेस गरेका थिए । मेयर साहले प्रस्तुत गरेको विधेयकमा व्यवसाय कर सम्बन्धी व्यवस्था गरिएको छ ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र स्थापित व्यापार, व्यवसाय, सेवा र यस्तै प्रकारका जुनसुकै कारोबार गर्ने व्यक्ति, संघ संस्था कम्पनी वा निकायलाई व्यवसायिक प्रकृति, स्थान विशेष र पुँजीगत लगानी तथा आर्थिक कारोबारका आधारमा अनुसूची–७ बमोजिम व्यवसाय कर÷नवीकरण र परिचय पाटी शुल्क असुल गरिने विधेयकमा उल्लेख गरिएको छ ।

प्रत्येक युनिटहरुको व्यवसायको कारोबार स्थलमा कारोबारको आधारमा अलग अलग ईकाइ मानी व्यवसाय कर र परिचय पाटी शुल्क असुल गर्न यसले बाधा नपुग्ने जनाइएको छ ।

अनुची ७ मा व्यवासय कर र नवीकरणको दररेट प्रश्तुत गरिएको छ । पाँच लाखसम्म पुँजीगत लगानी भएका प्राइभेट साझेदारी फर्मका हकमा प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ मा तोकिए बमोजिम हुने उल्लेख छ ।

आर्थिक-ऐन_-kathmandu

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स