काठमाडौं महानगरपालिकाको बजेटः साढे २५ अर्बमा करिब १७ अर्ब पुँजीगत खर्च

काठमाडौं । काठमाडौं महानगरपालिले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि साढे २५ अर्बको बजेट सार्वजनिक गरेको छ । आइतबार आयोजित महानगरको १३ औं नगरसभामा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।

सो बजेटमा चालुतर्फको ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रहेको छ । बजेट सार्वजनिक गर्दै उनले काठमाडौं महानगरपालिकाले धूलो रहित काठमाडौं बनाउनका लागि १ अर्ब रुपैयाँ रकम विनियोजन गरेकी छन् ।

प्रतिक्रिया

हेडलाइन्स