बजेट राम्रो आयो , राष्ट्र बैंकले कार्यान्वयन गर्न सहज हुनेगरी मौद्रिक नीति ल्याउँछः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटलाई सपोर्ट गर्ने गरि मौद्रिक नीति आउने बताएका छन् । उनले मौद्रिक नीति समग्र आर्थिक क्षेत्रको विकासलाई सहज हुने खालको ल्याउने उनले बताएका हुन् ।

सोमबार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन)ले आयोजना कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सरकारले आगामी आवका लागि ल्याएको बजेटको प्रशंसा गरे । सरकारले राम्रो बजेट ल्याएको भन्दै त्यसलाई राष्ट्र बैंकले कार्यान्वयनमा सहयोग गर्ने गरी मौद्रिक नीति ल्याउने बताए ।

गभर्नर अधिकारीले बजेटको सिलिङमा अघिल्ला वर्षभन्दा यो वर्ष निकै छलफल भएको बताए । यो पटकको बजेटले अर्थतन्त्रमा देखिएको सिथिलता कम गर्ने लक्ष्य राखेको बताए ।

यो वर्ष राजस्वमा परेको दबाब न्यून गर्न धेरै काम भएको बताए । उनले बजेटमा औद्योगिक क्षेत्र बनाउने, सहुलियतपूर्ण कर्जा पुर्नसरचना गर्ने, सहकारीको समस्या समाधान गर्ने विषय पनि बजेटमा समावेश भएको बताए । बजेटमा यस्ता धेरै सुधारको काम भएको, सरकारी संरचना मर्जरमा जाने, खारेजी गर्ने जस्ता सुधारको योजना बजेटमा भएको बताए ।

उनले बजटमा उल्लेख गरिए जस्तो आर्थिक बृद्धि साढे ६ प्रतिशत हुने लक्ष्य पूरा हुन गाह्रो हुने भएपनि त्यसलाई सहयोग हुने गरी मौद्रिक नीति ल्याउने बताए । उनले सरकारले लिएको लक्ष्य पूरा गर्ने गरि मौद्रिक नीति ल्याउने बताए । त्यहि अनुसार राष्ट्र बैकले सुझाव मागेको उल्लेख गरे । कतिपय अवस्थामा सुझाव लिने तर नीति आफु अनुकुल ल्याउने गरेकोमा आलोचना भएको स्मरण गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स