नेपालको भन्दा साढे ५ गुणा बढी बंगलादेशको बजेट, डिजिटल अर्थतन्त्र निर्माण गर्ने सरकारको मुख्य लक्ष्य

काठमाडौं । बंगलादेश सरकारले आगामी आर्थिक वर्षका लागि ७१ अर्ब अमेरिकी डलरको बजेट ल्याएको छ । बंगलादेशले आगामी आवको लागि ल्याएको बजेट नेपालको अहिले ल्याइएको बजेटभन्दा ५.३५ प्रतिशतले बढी हो । अर्थमन्त्री एएचएम मुस्तफा कमलले प्रधानमन्त्री शेख हसिना सरकारको बजेट संसदमा प्रस्तुत गरेका छन् ।

नेपाल सरकारले आगामी आवको लागि १७ खर्ब ५१ अर्बको बजेट ल्याएको छ भने बंगलादेशले नेपाली मुद्रा अनुसार ९३ खर्ब ७२ अर्ब रुपैयाँको बजेट ल्याएको हो । यो बजेटको आकार एक अमेरिकी डलर बराबर १३२ रुपैयाँ नेपाली रुपैयाँ विनिमय दरका हिसावले गरिएको हो ।

बंगलादेश बैंकको आगामी आवको लागि ७६ खर्ब २० अर्ब बंगलादेशी टाका (७१ अर्ब अमेरिकी डलर) बराबरको राष्ट्रिय बजेट प्रस्तुत गरेको हो । जुलाई महिनादेखि सुरु हुने बंगलादेशको आगामी आर्थिक वर्ष २०२३–२४ को बजेटमा ७.५% को आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेटको आकार बंगलादेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को १५.२% हुन आउँछ । अमेरिकी डलरमा ४६७.११ हुने बंगलादेशी बजेट नेपाली रुपैयाँमा ६१ हजार १९०.०८ अरब रुपैयाँ हुन्छ । जिडीपीको हिसाबले हेर्ने हो भने पनि बंगलादेशको जिडिपी नेपालको भन्दा ११ गुना ठुलो छ ।

बंगलादेशको बजेटले मुद्रास्फीति नियन्त्रण गर्नेदेखि शतप्रतिशत डिजिटल अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ । यसका साथै रोजगारी सिर्जना, चौथो औद्योगिक क्रान्ति र ‘स्मार्ट बंगलादेश’ बनाउने आयोजना पनि बजेटले समेटेको छ । विज्ञान तथा प्रविधिमा आधारित साक्षरता र कागजविहीन र नगदरहित समाजको परिकल्पना गर्दै ‘स्मार्ट बंगलादेश’ को अवधारणाबाट बजेटको विषयवस्तुलाई आकार दिइएको छ ।

आगामी आर्थिक वर्षमा उत्पादनशील क्षेत्रमा लगानी गरी उत्पादकत्व र स्वदेशी मागलाई प्रोत्साहन गर्ने माध्यमबाट आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने अर्थमन्त्री मुस्तफाले बताएका छन् । आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न क्रमशः संकुचित किसिमको नीतिबाट बाहिर आएर ठूला आयोजनालगायत चलिरहेका र विकास प्रवर्द्धन गर्ने नयाँ आयोजनामा लगानी गर्ने बंगलादेशका अर्थमन्त्रीको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स