आगामी आवको बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएका छन् । सो बजेटमध्ये ११ खर्ब ११अर्ब (६५.२०प्रतिशत) चालु खर्च हो भने ३ खर्ब २ अर्ब( १७.२५ प्रतिशत) पुँजीगत खर्च र ३ खर्ब ७ अर्ब (१७.५५ प्रतिशत वित्तीय व्यवस्था हो ।

अर्थमन्त्री डा.महतले तयार पारेको आगामी आर्थिक वर्षको बजेट मन्त्री परिषद्ले पारित गरेको छ । सरकारले चालु आवको स्रोत जुटाउनको लागि १२ खर्ब ४८ अर्ब राजस्वबाट जुटाउने भएको छ ।

सरकारले चालु आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको थियो । सो विनियोजनमध्ये ११ खर्ब ८३ अर्ब २३ करोड चालु खर्चको लागि विनियोजन भएको छ भने ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ बजेट पुँजीगत खर्च र २ खर्ब ३० अर्ब २१ करोड रुपैयाँ वित्तीय व्यवस्था खर्चको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स