काठमाडौं । सरकारले अर्थतन्त्रलाई चलायमान गराउन जग्गाको कित्ताकाट फुकुवा गरेको छ । आव २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले जग्गाको कित्ताकाट फुकुवा गरिएको बताए ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले जग्गाको कित्ताकाट खुला गरेर जग्गा कारोबारलाई व्यवस्थित बनाउने बताएका हन् । ‘केही समयदेखि रोक्का रहेको जग्गाको कित्ताकाट फुकुवा गरिनेछ,’ उनले भने ‘ यसबाट घर जग्गा क्षेत्रको कारोबार विस्तार हुने विश्वास लिएको छु ।’