काठमाडौं । अर्थमन्त्री डा.प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक सुरु गरेका छन् । अर्थमन्त्री डा.महतले १७ खर्बको बजेट ल्याएका छन् । अर्थमन्त्री डा. महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन् । उनले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गरेका हुन् ।
राष्ट्रिय योजना आयोगले दिएको सीमाभित्रै आगामी आर्थिक वर्षको बजेट ल्याउने भएका छन् । आगमाी आर्थिक वर्षका लागि योजना आयोगले निर्धारण गरेको सीमा १६ खर्ब ८८ अर्ब रुपैयाँ वरिपरि रहने छ ।
आगामी वर्षको बजेटमा कर्मचारीको तलब भत्ता बढाउने, समाजिक सुरक्षा भत्ता बढाउने, प्रधानमन्त्री रोजगार तथा केही अनुदान समेत काटेर प्रचारमुखीभन्दा परिमाणमुखी बजेट ल्याउने सरकारले तयारी गरेको हो ।
बजेटले स्वास्थ्य बीमा सम्बन्धी नीतिलाई हेरफेर गर्दै देशभर विस्तार गर्ने योजना बनाएको छ । कृषि क्षेत्रमा दिँदै आएको सहुलियतपूर्ण कर्जा र कृषि अनुदानलाई थप व्यवस्थित गर्ने र उत्पादनका आधारमा दिने घोषणा बजेटमार्फत् हुन लागेको छ ।
बजेटमा नयाँ कार्यक्रमले स्थान पाएको छैन । आर्थिक मन्दीका कारण स्रोतको समेत दबाब परेकोले बजेटमा नयाँ कार्यक्रम समावेश नगरिएको हो । यसबाहेक कृषि, उद्योग, साना तथा मझौला व्यवसाय सबैतिर बाह्य पुँजी परिचालनका लागि अड्चन गरिरहेका ऐनहरुलाई संशोधन गर्ने बजेटमा राखिएको छ । आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गर्नेमा सरकारको जोड बल भएपनि यो वर्ष धेरै अनुदान कटौती गर्ने पक्षमा सरकार देखिएको छ ।