‘पुँजी पलायनलाई कडाइका साथ नियन्त्रण गरिने’

काठमाडौं । सरकारले पुँजी पलायनलाई कडाइका साथ नियन्त्रण गर्ने भएको छ । आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । सरकारले नीति तथा कार्यक्रममा पुँजी पलायनलाई नियन्त्रण गर्ने नीति ल्याएको हो ।

‘हुन्डीलगायत अवैध कारोबारलाई कडाइका साथ नियन्त्रण गरिनेछ,’ राष्ट्रपति पौडेलले भने ‘विभिन्न कारण र माध्यमबाट नेपालबाट विदेशमा पुँजी पलायन भएको विश्लेषण भइरहेको छ ।’

पछिल्ला महिनाहरुमा मुलुकको बाह्य क्षेत्रका सूचकहरु सकारात्मक रहेपनि आन्तरिक अर्थतन्त्र चलायमान हुन सकेको छैन । तर, पछिल्ला तथ्यांकहरूले आयात बढ्दो क्रममा रहेको देखाएको छ । यसरी आन्तरिक अर्थतन्त्र मन्दीमा रहेको बेला आयात बढ्नुको कारणलाई केहीले पुँजी पलायनका रूपमा विश्लेषण गरिरहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स