अर्थतन्त्रको समस्या हल गर्ने निकाय अर्थ मन्त्रालय हुनपर्नेः दिपेन्द्र वहादुर क्षेत्री

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले अर्थतन्त्रको समस्या हल गर्ने निकाय अर्थ मन्त्रालय हुनु पर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले राष्ट्रिय कर्मचारी संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अर्थतन्त्रको हल गर्ने विषयको वहस राष्ट्र बैंकलाई दिँदा समस्या आएको बताएका हुन् ।

यस विषयमा राष्ट्र बैंकले सजगतापूर्वक खुकुलो मौद्रिक नीति भनेर चलाखी गर्ने काम गरेको बताएका छन् । सबैले मौद्रिक नीतिलाई महत्व दिँदा बहश गलत दिशातिर केन्द्रित भएको उनको भनाइ छ ।

विगतमा राष्ट्र बैंकले बित्त नीतिको भार बोक्न खोज्दा अर्थतन्त्रमा समस्या देखिएको भन्दै त्यसलाई सुधार गर्दा समस्या देखिन थालेको बताए । किसानउन्मुख नीति लिनु पर्ने उनको भनाइ छ । १४ अर्बभन्दा बढि कृषिमा अनुदान दिँदा पनि उत्पादकत्व नदेखिएको भन्दै उनले साना किसानलाई प्रोत्साहित गर्ने नीति आवश्यक रहेको बताए ।

उनले सरकारको नीति स्थिर नहुँदा कृषि क्षेत्र प्रभावित भएको बताए । उनले राजस्व प्रभावित भएपछि कित्ताकाट खुलाइएको भन्दै असन्तुष्टी व्यक्त गरे ।

साथै पूर्व गभर्नर क्षेत्रीले नेपाली उत्पादनका पोशाक लगाउने व्यवस्था मिलाउन आग्रह गरे । नेपाली उत्पादनलाई महत्व नदिँदा आयात बढेर गएको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स