मूल्यवृद्धि वाञ्छित सीमाभन्दा ०.७६ प्रतिशत बिन्दुले बढी

काठमाडौं । मूल्यवृद्धि वाञ्छित सीमाभन्दा ०.७६ प्रतिशत बिन्दुले बढी देखिएको छ ।

राष्ट्र बैंकका अनुसार गत चैत मसान्तसम्म मूल्यवृद्धि सरकारले राखेको वाञ्छित सीमाभन्दा ०.७६ प्रतिशत बिन्दुले बढी देखिएको हो ।

चालु आवका लागि सरकारले मूल्यवृद्धि सात प्रतिशतको सीमाभित्र राख्ने जनाएको थियो । तर चैत मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति सात दशमलव ७६ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा संघीय सरकारको खर्च ९ खर्ब ४३ अर्ब पाँच करोड र राजस्व परिचालन छ खर्ब ८३ अर्ब ८१ करोड छ । यो अवधिसम्ममा विस्तृत मुद्राप्रदाय छ दशमलव छ प्रतिशतले बढेको छ ।

चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन सात प्रतिशतले कर्जा प्रवाह तीन दशमलव पाँच प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर तीन दशमलव दुई प्रतिशत बराबर हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स