आजदेखि संघीय संसदको दुबै सदनमा बजेट अधिवेशन सुरु, राष्ट्रपति पौडेलद्वारा बैठक आह्वान

काठमाडौं । आज आइतबार संघीय संसद्को दुबै सदनको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेपछि सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो ।

आज अपराह्न ४ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा बजेट अधिवेशन आह्वान गरिएको हो । अधिवेशनमा उपस्थितिका लागि सबै सांसद सदस्यलाई संघीय संसद् सचिवालयले यसअघि नै सूचनामार्फत अनुरोध गरिसकेको छ । यसअधिवेशनमा मुख्यरूपमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ ।

अधिवेशन प्रारम्भसँगै प्रि–बजेट छलफल पनि सुरु गरिने भएकाले अर्थमन्त्री डा प्रकाशशरण महतले आजकै बैठकमा आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताववाहेक) सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।

सदनको आजको बैठकमा सभामुख देवराज घिमिरेले सांसद सदस्यलाई स्वागत गर्दै राष्ट्रपतिबाट संसद्को अधिवेशन आह्वानसम्बन्धी पत्र र पछिल्लोपटक नयाँ मन्त्री नियुक्तसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ ।

बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीले मुलुकी संहितासम्बन्धी केही नेपाललाई संशोधन गर्ने अध्यादेश, २०८० पेस गर्ने विषय पनि सम्भावित कार्यसूचीमा समावेश गरिएको छ ।रासस

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स