अर्थतन्त्रको आकार बढेर करिब ५४ खर्ब पुग्यो, आर्थिक वृद्धि १.८६ प्रतिशतमा खुम्चियो

अर्थतन्त्रमा निराशा

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आज प्रकाशित गरेको तथ्यांक अनुसार नेपालको अर्थतन्त्रको आकार सो पुग्ने देखिएको हो ।

बजार मूल्यका आधारमा अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब रुपैयाँ र उत्पादन मूल्यका आधारमा ४६ खर्ब ९६ अर्ब रुपैयाँ पुग्ने कार्यालयले जनाएको छ । यस्तै, चालु आर्थिक वर्षमा आर्थिक वृद्धि १.८६ प्रतिशतमा सीमित हुने कार्यालयको प्रक्षेपण छ ।

सरकारले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा यो वर्ष ७ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरेको थियो । तर, ६ महिनाको अवधिमा लक्ष्यअनुसार राजस्व संकलन नहुनुका साथैं बजेट खर्च नभएपछि अर्धवार्षिक समीक्षा मार्फत आर्थिक वृद्धिको लक्ष्य घटाइएको थियो।

विभागको तथ्यांकले मुलुकको अर्थ व्यवस्था निराशाजनक रहेको देखाएको छ । चालु आर्थिक वर्षको सुरुवातमा बाह्य क्षेत्र दबाबमा परेपछि आयात कडाइ गरियो । आयातमा भएको कडाइका कारण बाह्य क्षेत्र सुधार देखिएपनि सार्वजनिक वित्तमा दबाब परेको छ । सो कारण राजस्व संकलनमा ठूलो गिरावट आएको छ भने लक्षित पुँजीगत खर्च पनि हुन सकेको छैन ।

मुलुकको आर्थिक वृद्धिदर १.८६ प्रतिशतमा सीमित हुन पुगेको हो। विभागले आधारभूत मूल्यमा आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ । नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब रुपैयाँ पुग्ने विभागले अनुमान गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स