नेपाल आर्थिक संघ र अर्थ मन्त्रीबीच भेटघाट, बजेट सन्दर्भमा, अनुसन्धानमा आधारित विषय वस्तुलाई बजेटमा ल्याउन जोड

काठमाडौं । नेपाल आर्थिक संघ, नेपालका अर्थशास्त्रीहरुको एकमात्र साझा संगठन, का वरिष्ठ उपाध्यक्ष डा. भवानी प्रसाद ढुंगानाको नेतृत्त्वमा गएको संघ को टोलीले माननीय अर्थ मन्त्री डा प्रकाश शरण महत लाई भेटी विभिन्न विषयमा जानकारी गराएको छ।

अगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउन लागेको सन्दर्भमा, अनुसन्धानमा आधारित विषय वस्तुहरूलाई हृदयंगम गर्दै जनतालाई आशा जाग्ने किसिमले बजेट ल्याउन पर्ने कुरामा जोड दिईएको थियो।

अर्थ मन्त्री डा. प्रकाश शरण महतले नेपाल आर्थिक संघ देशको एक मात्र अर्थशास्त्रीहरूको संगठन भएकोले सहकार्य गर्न तयार रहेको कुरा बताएका छन्।

आर्थिक विषयमा जस्तै कृषि, रोजगारी बढाउन, उत्पादन बढाउन, पूँजीगत खर्च बढाउन, साथै अन्य विषयमा अनुसन्धान गरेर अगाडि बढ्न सक्दा धेरै उपयोगी हुने कुरा बताए।

सोहि अवसरमा संघको तर्फबाट वरिष्ठ उपाध्यक्ष ढुंगानाले अर्थ मन्त्रीलाई मानार्थ सदस्यता प्रधान पनि गरेका थिए। उक्त अवसरमा उपाध्यक्ष्य प्रा. डा. गोबिन्द नेपालले अर्थ मन्त्रालय सँग सहकार्य गर्दै आएको बताउँदै अगामी दिनमा पनि आर्थिक क्षेत्रमा अनुसंधान जारी राख्ने कुरा बताए।

त्यसैगरी नेपाल आर्थिक संघका महासचिव डा. गोपाल प्रसाद तिवारीले भने, ‘देशका विभिन्न जल्दा बल्दा आर्थिक विषयहरुमा नेपाल आर्थिक संघ सँग सहकार्य गर्दा त्यो पनि अनुसन्धान आधारित, सरकारलाई उपयोगी बजेट आउन सक्छ। त्यसैले अनुसंधानमा आधारित प्रतिवैदन हरू जसले देसको समग्र अर्थतन्त्र माथि उकास्ने सहयोग गर्छ, तेस्मा अर्थ मन्त्रालय ले राम्रोसंग अध्यान गरि बजेट मा समावेश गर्न सके वस्तुपरक हुने’,बताए ।

अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. पोश राज पांडेले नेपाल आर्थिक संघ सँग सरकार पहिलेदेखिनै निति विश्लेषण तथा कार्यक्रम आयोजना गर्ने कार्य मा लागिपरेको जनकारी दिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स