महालेखा नियन्त्रकको दैनिक बजेटरी सिष्टममा समस्या, हिसाव मिलान गर्न बिगारिएको आशंका

काठमाडौं । महालेखा नियन्त्रकको दैनिक बजेटरी सिष्टम ( दैनिक बजेटरी तुलनात्मक विश्लेषण) मा समस्या आएको छ । हिजो सोमबारदेखि सो सिष्टममा समस्या आएपनि अहिलेसम्म आय (राजस्व तथा अन्य शुल्क) विवरण हेर्न पाएपनि व्यय (तीन प्रकारको खर्च) को विवरण भने देख्न नसकिने भएको छ ।

सरकारी राजस्व तथा अन्य शुल्कको आय र सरकारले शीर्षगत रुपमा गर्ने खर्च हेर्ने यो आधिकारिक पोर्टलले यथार्थ विवरण नदेखाउँदा अन्योलता छाएको छ । हुन त अन्य बेलामा पनि यस्तो समस्या आउने गर्छ, तर खर्चको पार्ट नदेखिने र आयको पार्टमात्रै देखिने गरी सिष्टम बिग्रिएको भने यो पहिलो पटक हो ।

हिजोदेखि बिग्रिएको यो पोर्टल अहिलेसम्म नबन्नुमा महालेखा नियन्त्रक र उनका टिमको कार्यशैली अर्थात हिसाव मिलानमा गडबडी गर्न यसो गरिएको हो कि भन्ने आशंका गर्न थालिएको छ । यस विषयमा महालेखा नियन्त्रकको कार्यालयमा बुझ्न खोज्दा सूचना अधिकारी गायत्रीरमण अधिकारीले सर्भरको पावरमा समस्या आउँदा हिजो यो समस्या आएको हामीले तत्काले बनाएको बताए ।

‘पावरका कारण सर्भर डाउन भएको हो, हामी सर्भर बन्यो भनेर ढुक्क भएर बस्यौ,’ उनले भने ‘इरर देखिएको रहेछ, अब हामी तत्कालै यो बनाउन लाग्छौं ।’ ठूलो भोल्टको ट्रान्सर्फमर जडान गर्दा सर्भरमा पावर सप्लाइ नभएको याद नहुँदो समस्या आएको उनले स्वीकारे ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स