भूकम्पमा लिएको ऋणको ब्याज तिरिरहेकाले अब उत्पादनमूलक क्षेत्रमा खर्च गर्ने गरीमात्रै ऋण लिनेः अर्थमन्त्री डा.महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र अप्ठ्यारो अवस्थामा भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री डा.महतले अर्थतन्त्र अहिले केही दबाबमा परेको बताएका हुन् । ‘यो हामी सबैलाई थाहा भएकै कुरा हो, हाम्रो अर्थतन्त्रमा अहिले केही दबाब सिर्जना भएको छ,’ उनले भने ‘तथापि समग्रमा एकदमै निराश हुनुपर्ने अवस्था भने आएको छैन ।’

उद्योग धन्दाको वृद्धि नभइ रोजगारि नबढ्ने, रोजगारी नबढी राजस्व नबढ्ने उनको भनाइ छ । भूकम्पका समयमा लिएको ऋणको ब्याज तिरिरहेको र अन्य ऋण पनि बढि रहेको भन्दै उनले अब लिने ऋण उत्पादन बढाउनेतर्फ खर्च गर्ने बताए ।

ब्याजदर घटाउने, कर्जा तालिकीकरण गर्ने विषयमा राष्ट्र बैंकसँग कुरा भइरहेको उनले जानकारी गराए । सरकारले जग्गाको कित्ताकाट खुलाउने विषयमा छलफल भइरहेको भन्दै मन्त्री महतले निर्माणका काम बढाउने र अर्थतन्त्र चलायमान बढाउने गरि काम गरिरहेको दाबी गरे ।

‘अहिले बाह्य सञ्चिति राम्रो छ । यो रेमिट्यान्सका कारण बढेको हो । नेपालको मात्रै होइन अहिले धेरै देशहरूमा त्यो अवस्था त्यस्तै छ । नेपालमा देखिएका आर्थिक विकासक, आर्थिक रुपान्तरण, पुँजी विकास तथा उद्योग व्यवसायमा लगानीको जुन समस्या छ, त्यसलाई हल गरेर अघि बढ्नु पर्छ’ उनले भने ।

समस्या सबैतिर भएपनि अहिले भएको कमजोरी हटाउँदै जाने बताए । आठ महिना बितेपछि टेन्डर लगाउने भन्दै मन्त्रालयमा फाईल आएको उनले सो अवसरमा स्मरण गरे ।

अहिले ऋण लिएर तिर्दिन भन्ने सुनिएको भन्दै उनले त्यसो हुन नसक्ने बताए । ‘साँवा त परै जावस् ब्याज पनि तिर्दिन भन्ने हुन सक्दैन । यसमा सरकार स्पष्ट छ’ उनले भने । ऋणको भारलाई कम गर्न उत्पादन मूलक क्षेत्रमा लगानी गर्नुपर्ने उनले भनाइ राखे ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स