सेयर बजार चलायमान बनाउन अर्थमन्त्री डा.महतले थाले छलफल, सेबोन अध्यक्ष हमाल र अर्थमन्त्रीबीच भेटबार्ता

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पुँजी बजार चलायमान बनाउन छलफल सुरु गरेका छन् । आज सोमबार अर्थमन्त्री डा. महतले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालसँग पुँजी बजारमा देखिएका समस्या कसरी समाधान गर्ने भन्ने विषयमा छलफल गरेका छन् । उनले लगानीकर्तालाई भेटेको केहि समयमा नै अध्यक्ष हमालसँग भेटेका हुन् ।

अर्थ मन्त्रालयमा भएको छलफलमा मन्त्री महतले पुँजी बजार चलायमान बनाउन सरकारले तत्काल गर्नु पर्ने निर्णयका विषयमा हमालसँग सुझाव मागेका हुन् । ‘पुँजी बजारमा हाल देखिएको समस्या समाधान गर्न सरकारले कस्तो निर्णय गर्दा राम्रो हुन्छ अर्थात समस्या समाधान हुन्छ,’ अर्थमन्त्रीले अध्यक्ष हमाललाई सोधेका छन् । ‘तत्कालै सरकारले के के गर्नुपर्छ, दीर्घकालमा के गर्नु पर्छ भन्ने विषयमा मन्त्रीले चासो राखेका थिए ।

‘धितोपत्र बोर्ड, मन्त्रालय, लगानीकर्ता सबै पक्ष मिलेर पुँजी बजारका समस्या समाधान गर्नु पर्छ,’ उनले सोधे ‘अहिलेको अवस्थामा कसो गर्दा बजारलाई चलायमा बनाउन सकिन्छ ।’‘पुँजी बजार सुधारका लागि सरोकारवाला निकायले के गर्ने भन्ने विषयमा भोलि फेरी छलफल गर्ने भएका छौं ।’

सेयर बजार प्रतिकूल नीतिहरू संशोधन गरेर लगानी कर्ताको विश्वास जगाउने अर्थमन्त्री डा.महतको आश्वासन

मन्त्रीसँगको भेटपछि पुँजी बजार सुधारको लागि मंगलबार नेपाल धितोपत्र बोर्डले बृहत् प्रस्तुति गर्ने भएको छ । यहि आधारमा मन्त्रालयले निर्णय लिन सक्ने बताइएको छ । सोमबार नै अर्थमन्त्री महतले पुँजी बजारका लगानीकर्ताको संगठनसँग पनि छलफल गरेका थिए । लगानीकर्ताले मन्त्री महतलाई ८१ बुँदे सुझाव दिएका छन् । लगानीकर्तासाग भेटेलगत्तै मन्त्री महतले बोर्ड अध्यक्ष हमालसँग भेटेका हुन् ।

त्यस्तै, सोमबार नै अर्थमन्त्री महतले बैंकर्स संघका पदाधिकारीसँग पनि भेटघाट गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स