एनसेल बाह्रखरी गल्फ र आर्थिक परिसंवाद वैशाख ९ मा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं । नेपालका व्यवसायिक र आर्थिक क्षेत्रका अग्रणी व्यक्तित्वलाई एकैथलोमा ल्याएर खेल प्रवद्र्धन र आर्थिक गतिविधि अभिवृद्धि गराउने उद्देश्यको विशेष कार्यक्रम ‘एनसेलको प्रस्तुति बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ यस वर्ष छैटौँ संस्करणमा प्रवेश गरेको छ । उक्त कार्यक्रमको नाम ‘एनसेल बाह्रखरी गल्फ एन्ड इकोनोमिक सिम्पोजियम’ रहेको छ ।

विगत ६ वर्षदेखि मुलुकका उद्योगी तथा व्यवसायीबीच बाह्रखरी मिडियाले प्रतिस्पर्धा ‘कर्पोरेट गल्फ’ प्रतियोगिता गराउँदै आएको छ । बाह्रखरी मिडियाले नयाँ वर्ष २०८० वैशाख ९ अर्थात् अप्रिल २२, २०२३ मा काठमाडौंमा एनसेल बाह्रखरी कर्पोरेट गल्फसँगै आर्थिक परिसंवाद (इकोनोमिक सिम्पोजियम) कार्यक्रमको आयोजना गरेको छ ।

देशका आर्थिक क्षेत्रका दिग्गज व्यक्तित्व सम्मिलित हुने र देशको आर्थिक दिशानिर्देश गर्ने परिसंवाद तथा प्रतिष्ठित कर्पोरेट क्षेत्रका व्यवसायीहरूले प्रतिस्पर्धा गर्ने गल्फ प्रतियोगिताको सुरूवात प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट गोकर्ण गल्फ कोर्स तथा गोकर्ण फरेस्ट रिसोर्टमा वैशाख ९ गते बिहान हुनेछ ।

कर्पोरेट गल्फ प्रतियोगितामा प्रदान गरिने प्रथम पुरस्कार ‘सुनको बल’ सार्वजनिक गरिएको छ । गल्फ प्रतियोगिता ‘कर्पोरेट’ व्यक्तित्वबीच हुनेछ । आर्थिक परिसंवाद (इकोनोमिक सिम्पोजियम) मा देशभरबाट विशिष्ट व्यक्तित्व, अर्थविद्, बैंकर, उद्यमीलगायत व्यक्तित्वको सहभागिता रहनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स