नवनियुक्त अर्थमन्त्री डा. महत र महासंघ अध्यक्ष गोल्छाबीच के भयो छलफल

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासँग निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने बताएका छन् ।

निजी क्षेत्र ब्याजदर वृद्धि र राष्ट्र बैंकका नीतिहरु विरुद्ध आन्दोलित अवस्थामै रहेका बेला अर्थ मन्त्रालयको नेतृत्व गर्न आइपुगेका डा. महतले निजी क्षेत्रलाई साथमा लिएर हिड्नु पर्ने बताए ।

‘निजी क्षेत्र अर्थतन्त्रको पिल्लर हो, तपाई हामी मिलेर सहकार्य गरौँ भन्ने मेरो चाहना हो’ गोल्छालाई फोन गर्दै नवनियुक्त अर्थमन्त्री डा. महतले भनेका छन् ।

अर्थमन्त्रीले यसो भनेपछि महासंघका अध्यक्ष गोल्छाले पनि अहिले निजी क्षेत्रले विज्ञ अर्थमन्त्री चाहेको र निजी क्षेत्रको चाहना अनुसारकै अर्थमन्त्री मुलुकले पाएको भन्दै बधाई तथा शुभकामना दिएका थिए ।

‘अहिलेको अवस्थामा निजी क्षेत्रले चाहे जस्तै अर्थमन्त्री पाएका छौँ, यो खुशीको कुरा हो, तपाईसँग निजी क्षेत्रले निकै आश गरेको छ, सहकार्य गर्न निजी क्षेत्र सधैँ तयार छ’ अध्यक्ष गोल्छाले अर्थमन्त्री डा. महतसँग भनेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स