अर्थमन्त्री डा.प्रकाशशरण महतले गरे पदभार ग्रहण, अर्थतन्त्र सुधारको लागि जस्तो सुकै कठोर निर्णय पनि तयार

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाश शरण महतले पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरी अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेका हुन् ।

नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतले संकटमा रहेको अर्थतन्त्रमा सुधार गर्न आफू जस्तो सुकै कठोर निर्णय गर्न पछि तयार भएको बताएका छन् । मन्त्री महतले देश पनि परिवार भएको र संकटको समयमा परिवारले जस्तो कठोर निर्णय लिनुपर्छ त्यसरी नै राज्यले पनि निर्णय लिने बताए ।

अर्थमन्त्री महतले उद्योगी व्यवसायीको आत्मविश्वास बढाउन निरासालाई आशामा बदल्ने बताएका छन्। ‘हामीले अहिले दिने भनेको आत्मविश्वास हो। त्यसलाई म प्राथमिकतामा राखेर अघि बढ्छु,’ उनले भने।

‘संकटमा रहेको अर्थतन्त्र बचाउन अर्थमन्त्रीको रूपमा मैले कठोर निर्णय गर्ने छु’ उनले भने, ‘ राजस्वले साधारण खर्च पनि पुगेको छैन । साधारण खर्च धेरै छ । यसमा निर्मम हुनै पर्छ । हामी अनिवार्य बाहेकका खर्च कटौती गर्नेछौं ।’

‘संकटमा रहेको अर्थतन्त्र बचाउन अर्थमन्त्रीको रूपमा मैले कठोर निर्णय गर्ने छु’ उनले भने, ‘ राजस्वले साधारण खर्च पनि पुगेको छैन । साधारण खर्च धेरै छ । यसमा निर्मम हुनै पर्छ । हामी अनिवार्य बाहेकका खर्च कटौती गर्नेछौं ।’

आज अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै आज उनले भने, ‘साधारण खर्च धेरै छ । यसलाई घटाएर खर्च मितव्ययिता अपनाउनु पर्छ । ‘हामी अनिवार्य बाहेकका खर्च कटौती गर्नेछौं । ‘पूँजीगत खर्च बढ्न नसकेको र बजारमा माग घटेको प्रति उनले चिन्ता व्यक्त पुँजीगत बढाउने प्रयार हुनेछ ।’

‘अर्थमन्त्रीको रूपमा मैले अर्थतन्त्र थप खराब हुनबाट रोक्ने गरि निर्णय गर्नेछु’ उनले भने, ‘अनावश्यक रूपमा करको दर बढाउनेभन्दा पनि करको दायरा बढाउने बाटोमा सरकार लाग्नेछ ।’ देशको अर्थतन्त्र रेमिट्यान्समा आधारित भएको र सिपमुलक जनशक्ति पलायन भइरहँदा अर्थतन्त्र संकटतर्फ गएको उनले बताए । देशभित्रै रोजगारी सिर्जना गर्ने गरी काम कायवाही सरकारको प्राथमिकतामा पर्ने उनले बताए । अर्थतन्त्रमा सुधार ल्याउन स्वदेशी र विदेशी लागनीको आवश्यकता रहेकोले गैर आवासीय नेपालीलाई लगानी गर्न उनले आग्रह गरे ।

संकट समाधान गर्न लगानी आवश्यक भएको भन्दै लगानी भित्र्याउन राष्ट्र बैंकको भूमिका महत्वपूर्ण रहने बताए । ‘लगानी भित्र्याउन राष्ट्र बैंक र हामी सँगसँगै मिलेर अघि बढ्छौं,’ अर्थमन्त्री महतले भने । अर्थमन्त्री महतले अहिले बधाई वा अन्य कुरामा सहभागी नभइ काम गरेर देखाउने उद्देश्यसहित आफू आएको बताए।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स